Comments Add Comment

तीजको अवसरमा सिड्नीको लिड्कममा ‘गलबन्दी’ धमाका हुँदै

सिड्नी / नेपालीहरु संसारको जुनसुकै कुनामा बसे पनि आफ्ना चाडपर्वडहरु हर्षोल्लासका साथ मनाउने गर्दछन् ।

दशैं होस् या तिहार, तीज होस् कि जनैपूर्णिमा । व्यस्त समयका बाबजुद आफ्ना आफन्तहरुसँग भेटघाट र रमाइलो गर्न पछि पर्दैनन्, नेपालीहरू । यसै क्रममा अष्ट्रेलियाको पश्चिम सिड्नीमा अवस्थित अवर्नका नेपालीहरु तीजको अवसरमा ‘अवर्न तीज फेस्टिबल’को आयोजनामा जुटेका छन् ।

अवर्न नेप्ल्जि कम्युनिटीले आयोजना गरेको तीज मेलामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्षसमेत रहेका गायक बद्री पंगेनी, गलबन्दी गीतका गायक प्रकाश सपूत, गायिका प्रीति आले, बुगीवुगी बिजेता कविता नेपालीलगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिनेछन् ।

आयोजकका अनुसार मेलामा लाइभ म्युजिक, स्थानीय नेपाली कलाकारहरुको साँस्कृतिक नृत्य तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु पनि रहने छन् ।

सिड्नीका सबअर्बहरुमध्ये सबैभन्दा धेरै नेपालीहरुको बसोबास भएको अर्बन क्षेत्रमा हुन लागेको अहिलेसम्मकै पहिलो तीज मेला आगामी शनिबार लिड्कमको वायट पार्कमा हुने आयोजकले जनाएको छ ।

नेपाली स्वाद झल्किने खानाका परिकारहरुको स्टलहरुसमेत रहने र नि:शुल्क प्रवेशको व्यवस्था भएको उक्त तीज मेला शनिबार विहान ११ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ । ‘हामी नेपालीहरु जन्मभूमिबाट टाढा भए पनि आफ्नो संस्कृति र चाडपर्वलाई संरक्षण गर्न यो कार्यक्रमको आयोजना गरिएको हो,’ अबर्न नेप्लिज कम्युनिटीका अध्यक्ष अशोक उप्रेतीले भने ।

अष्ट्रेलियामा जन्मेका पछिल्ला पुस्ताका नेपाली बालबालिकाहरुले आफ्नो चाडपर्व र सँस्कृति बिर्सदै जाने र भविष्यमा चाडपर्वको महत्व हराउने जोखिमले पनि यस्ता कार्यक्रम गर्नुपर्ने आवश्यकता रहेको उप्रेतीले औल्याए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment