Comments Add Comment

चाणक्यका अनुसार यी आमाबुवा शत्रु समान हुन्छन्

भनिन्छ, आमा र बुवा यस्ता व्यक्ति हुन् जसले आफ्ना सन्तान आफूभन्दा सफल भएको हेर्न चाहन्छन् । आफूभन्दा खुसी भएको हेर्न चाहन्छन् । आफूभन्दा प्रसिद्ध भएको हेर्न चाहन्छन् ।

आमाबुवाले नै छोराछोरीका लागि सबै कुरा त्याग्छन् । त्यसैले त आमाबुवालाई देवता समान भन्ने गरिन्छ । शिव पुराणमा पनि बुवाआमाको महिमालाई बुझाउँदै आमाबुवा संसारभन्दा महान् हुन् भनिएको छ । कथाको सार यस्तो छ- भगवान शिवले आफ्ना दुई पुत्र गणेश र कुमारको दक्षता र बुद्धि परीक्षण गर्ने हेतुले दुवैलाई एउटा प्रतिस्पर्धामा उतार्छन् । उनीहरुलाई भनिन्छ, कसले चाँडै पृथ्वीको फन्को लगाउन सक्छ, उसैले बाजी जित्छ ।

कुमार आफ्नो बाहन मयूरमा चडेर तुरुन्तै पृथ्वीको फन्को लगाउन थाल्छन् । यता गणेश आफ्नो बाहन मुसामा चढेर पृथ्वी फन्को लगाउन समर्थ हुँदैनन् । अन्ततः उनले आफ्नै माता पिताको फन्को लगाउँछन् । जित गणेशको हुन्छ ।

धार्मिक हिसाबले जेसुकै भएपनि यो कथाले आमाबुवाको महत्वलाई दर्शाएको छ । छोराछोरीले सबैभन्दा श्रद्धा गर्नलायक पात्र भनेकै आमा र बुवा हुन् । तर, के तिनै आमाबुवा सन्तानका लागि शत्रु समान हुन्छन् ?

आचार्य चाणक्यले यस सम्बन्धमा केही कुरा बताएका छन् । आचार्य चाणक्य महान नीतिकार थिए । उनीसँग अथाह ज्ञानको भण्डार थियो । उनी अत्यन्तै समझदार र ज्ञानी थिए । कुटनीतिक क्षमतामा पनि उत्तिकै अब्बल उनले एक शासकलाई हटाएर नयाँ साम्राज्यको स्थापना गरेका थिए ।

चाणक्यले यस्तो नीति बताएका छन् जो व्यवहारिक छ र त्यसलाई मान्छेले जीवनमा कुनैपनि बेला प्रयोग गर्न सक्छन् । आचार्य चाणक्यले आफ्नो एक नीतिमा यस्ता व्यक्तिको बारेमा उल्लेख गरेका छन्, जो सबैभन्दा ठूलो शत्रु हुनसक्छ ।

यस्तो पिता शत्रु बराबर

ऋणकर्ता पिता शत्रुर्माता च व्यभिचारिणी ।

भार्या रुपवती शत्रुः पुत्रः शत्रुरपण्डितः ।।

चाणक्यले यस श्लोकअनुसार ऋण लिने वा आफ्ना सन्तानलाई ऋणको भार बोकाउने पिता शत्रु बराबर भनेका छन् । एक पिताको धर्म आफ्नो बालबच्चालाई राम्रो ढंगले लालनपालन गर्नु हो । यदि पिता स्वयम् ऋणको बोझ झेल्दैछ भने यो बच्चाका लागि कष्टदायी हुन्छ । यदि पिताले ऋण चुकाउन सकेनन् भने त्यो बोझ बच्चाको टाउकोमा थोपरिन्छ । यस्तो पिता कुनै शत्रुभन्दा कम नहुने चाणक्यले बताएका छन् ।

आफ्ना सन्तानलाई सही रुपमा शिक्षादीक्षा नदिलाउने पिता पनि शत्रु बराबर हो ।

यस्ती आमा शत्रु बराबर

कतिपय माता आफ्ना सबै बच्चाको लागि समान हुँदैनन् । उनीहरु आफ्नै कोखको बच्चालाई पनि भेदभाव गर्छन् । उनीहरु आफ्ना बच्चालाई सही हिसाबले हेरचाह गर्दैनन् । यस्तो महिला आफ्ना बच्चाका लागि घातक हुन्छ । पतिबाहेक अन्य पुरुषसँग सम्बन्ध बनाउने माताले घरपरिवारलाई तहसनहस बनाउँछ । यस्ती आमा पनि शत्रु बराबर हुन्छन् भनिएको छ ।

यस्ता सन्तान शत्रु बराबर

खराब आमाबुवा मात्र सन्तानका लागि शत्रु हुँदैनन् । कतिपय सन्तान पनि आमाबुवाका लागि शत्रु बराबर हुन्छन् । ति सन्तातले आमाबुवालाई सन्तोष र सुख होइन, पीडा र कष्ट दिन्छन् । चाणक्यका अनुसार मूर्ख सन्तान कुनैपनि माता पिताका लागि शत्रुभन्दा कम हुँदैन । यदि कुनै परिवारमा यस्तो सन्तान जन्मिएमा उसले जीवनभर कष्ट दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment