+
+
Shares

साझाले थाल्यो विद्युतीय बस किन्ने प्रक्रिया

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ७ गते २०:३५

७ भदौ, काठमाडौं । साझा यातायातले विद्युतीय बस किन्न खरिदका लागि प्रक्रिया अघि बढाएको छ ।

सरकारले विद्युतीय बस किन्न एकैपटक ३ अर्ब रुपैयाँ साझा यातायातलाई उपलब्ध गराएको छ । यस्तै विद्युतीय बस खरिदकै लागि प्रदेश ३ सरकारले ३० करोड, काठमाडौं महानगरपालिकाले १० करोड, ललितपुर महानगर र स्वयंम साझाले समान साढे २ करोड हालेर ४५ करोड रुपैयाँ जम्मा गरिएको छ ।

पहिलो चरणमा ३० देखि ५० वटा बस ल्याउन लागिएको साझाका कार्यकारी निर्देशक भुषण तालाधरले जानकारी दिए । एकै पटक ३ सयवटै विद्युतीय बस ल्याउँदा चार्जिङ स्टेसन लगायतका समस्या हुने देखिएको उनले बताए ।

उनका अनुसार बस खरिदका प्राविधिक विषयहरु टुंगो लगाउन समिति बनाएको छ, जसमा भौतिक पूर्वाधार मन्त्रालय, काठमाडौं महानगरपालिका लगायतका प्रतिनिधि छन् । समितिको नेतृत्व कार्यकारी निर्देशक तुलाधर आफैंले गरेका छन् ।

समितिलेे खरिद गरिने बसको स्पेसिफिकेसन तयार गर्नेछ । यसका लागि बजारमा उपलब्ध विद्युतीय बसका उत्पादक कम्पनी र उसका प्रतिनिधिसँग पनि छलफल गरिरहेको छ ।

स्पेसिफिकेसन तयार भएपछि टेण्डर प्रक्रिया सुरु हुनेछ । दशैं-तिहारसम्म गाडी अर्डर गरिने भन्दै तुलाधरले भने, ‘बस कहिले आइपुग्छ भन्न सक्दैनौं तर छिटो गर्ने प्रयत्नमा छौं ।’

चार्जिङ स्टेसनबारे चासो

विद्युतीय बस खरिदको तयारीसँगै साझाले चार्जिङ स्टेसन व्यवस्थापनबारे सरकारसँग छलफल थालिएको छ ।

पछिल्ला दिनमा विद्युतीय सवारी प्रयोगकर्ता बढ्दो छ भने सार्वजनिक यातायातमा पनि भदौ तेस्रो साता सुन्दर यातायातले विद्युतीय बस सञ्चालनमा ल्याउँदैछ । तर, अहिलेसम्म विद्युतीय सवारी साधानका लागि सार्वजनिक चार्जिङ स्टेशन छैन ।

पछिल्लो पटक नेपाल विद्युत प्राधिकरणले २० भन्दा बढी ठाउँमा चार्जिङ स्टेसन बनाउने तयारी गरेको छ । तर यो कहिलेसम्म बन्छ भन्ने टुंगो भने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?