Comments Add Comment

प्रमोदको गुनासो–‘हिरोमा अफर नै आउँदैन’

अभिनेता प्रमोद अग्रहरी अभिनित चलचित्र ‘जाइरा’ हलमा प्रदर्शन भइरहेको छ । चलचित्रमा प्रमोदले निर्वाह गरेको भूमिकालाई धेरैले रुचाएका छन् । चलचित्रमा उनको अभिनय र गेटअपको प्रशंसा भैरहेको छ । हुनत, प्रमोदले काम गरेका यसअघिका चलचित्रमा पनि उनको अभिनयको प्रशंसा नभएको होइन ।

चलचित्रमा प्रायः खलपात्र बनिरहेका प्रमोद आफूलाई चलचित्रको ‘हिरो’ बन्न रहर लागेको बताउँछन् । ‘तपाई त खलपात्र मात्र बन्नु हुन्छ । के हिरो बन्न मन नभएको हो ?’ भन्ने मिडियाकर्मीको प्रश्नमा प्रमोदले भने–‘हिरो बन्ने मन कसलाई नहोला र ! मलाई पनि मन छ । तर, सबैले मलाई खलपात्रमा मात्र अफर गर्नुहुन्छ । राम्रो चलचित्र र टिम भएको खण्डमा खलपात्रमा पनि म रमाउने गरेको छु ।’

प्रमोदलाई राम्रो काम गर्ने अभिनेताको रुपमा चित्रण गरिन्छ । प्रमोदले आफूलाई आफ्नो नाम भन्दा पनि चलचित्रको पात्रको नामले चिन्ने धेरै भएको भन्दै यसलाई आफ्नो सफलता मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment