+
+
Shares

पाकिस्तानी सेनाले किन गर्यो साहरुखको आलोचना ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ ८ गते १२:३२

नेटफ्लिक्समा नायक साहरुख खानको कम्पनी रेड चिल्लीले निर्माण गरेको नयाँ शो ‘बार्ड अफ ब्लड’ केही दिनमा नै सार्वजनिक हुँदैछ । यो शोको ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तानी सेनाले साहरुखको आलोचना गरेको छ । पाकिस्तानका इन्टर सर्विशेज रिलेशनका प्रमुख आसिफ गफूरले साहरुखको आलोचना गर्दै कश्मीरको ताजा घटनामा ध्यान दिन आग्रह गरेका छन् ।

ट्विटरमा गफुरले लेखेका छन्–‘साहरुख खान बलिउडका सिन्ड्रोम हुन् । रका एजेन्ट कुलभुषण हाम्रो साथमा छन् । शान्ती फैलाउन र कश्मीरमा भैरहेको अत्याचारको बिषयमा बोल्नका लागि तपाइले आफ्नो स्टारडमको उपयोग गर्न सक्नुहुन्छ ।’

साहरुखले निर्माण गरेको यो शोको ट्रेलरमा जासुसी, प्रतिशोध, प्रेम र कर्तव्यको रोमान्चक कहानी प्रस्तुत गरिएको छ । यो शोमा नायक इमरान हाश्मी र एजेन्टको भूमिकामा देखिएका छन् । पाकिस्तानको बलुचिस्तान प्रान्तमा समातिएका चार भारतीय नागरिकलाई बचाउनका लागि इमरानले गरेको कसरतलाई यो शोमा देखाइएको छ ।

यो शोको ट्रेलर सार्वजनिक भएसँगै पाकिस्तान साहरुखसँग असन्तुष्ट रहेको वुझ्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?