Comments Add Comment

छानविनमा तानिएका उच्च अदालतका दुई न्यायाधीशको राजीनामा

८ भदौ, काठमाडौं । न्यायपरिषदको छानविनमा रहेका उच्च अदालतका दुई न्यायाधीशले राजीनामा गरेका छन् । गोर्खा बु्रअरीको कर छलीसम्बन्धी मुद्दामा कार्यक्षेत्र मिचेर आदेश दिएपछि न्यायपरिषदले उच्च अदालत पोखराका तीनजना न्यायाधीशमाथि छानविन शुरु भएको थियो ।

गत साउन ८ गते प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले क्षेत्राधिकार मिचेर फैसला गरेको अभियोग लागेका न्यायाधीशहरु जीवनहरि अधिकारी, रामचन्द्र यादव र नरबहादुर शाहीमाथि छानविन तथा कारवाहीको आदेश दिएको थियो ।

तीमध्ये जीवनहरि अधिकारीले अघिल्लो हप्ता राजीनामा दिएका थिए भने यादवले भदौ ५ गते प्रधान न्यायाधीश समक्ष राजीनामा पठाएका हुन् । उनीहरु दुवैले गोर्खा ब्रुअरीसम्बन्धी मुद्दाको आदेशप्रति अडिग रहेको बताएका छन् ।

परिषदले यसअघिनै सर्बोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । सो छानविन समितिमा बयान दिइसकेपछि अधिकारी र यादवले राजीनामा गरेका हुन् ।

आफूहरुमाथि अनावश्यक अभियोगमा छानविन तथा कारवाही थालेर बेइज्जती गरिएको भन्दै उनीहरुले राजीनामा दिएका हुन् । छानविनका क्रममा तानिएपछि अभियुक्त सरह तारेखमा धाउनुपरेको भन्दै राजीनामा दिएको यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment