Comments Add Comment

यामाहाको नेकेड बाइक ‘एमटी१५’ नेपालमा

९ भदौ, काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी१५, ‘द डार्क वारियर’ लाई औपचारिक रुपमा नेपालमा सार्वजनिक गरेको छ । नयाँ एमटी१५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ ।

‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि संसारमै लोकपि्रय छन् ।

हाइपर नेकेड प्लेटर्फममा बनेको नयाँ एमटी १५मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी१५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल ह्यान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित छ ।

नयाँ एमटी१५ मा भीभीए (भ्यारिएबल भल्ब एक्चुएसन) प्रविधि प्रयोग गरिएको छ जसले कम र मध्यम ‘आरपीएम’मा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले इन्जिनको पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ । त्यसैगरी, ‘ए एन्ड एस क्लच’ (असिस्ट एन्ड स्लिपर क्लच)ले गियर परिवतन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ ।

नयाँ एमटी१५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीएसहितको फ्रन्ट डिस्क छ जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । यसमा प्रयोग भएको सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’ तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई झल्काउँछ ।

नेपालमा यामाहा एमटी१५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ ।

नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो छ र यसकारण मोटरसाइकलिङको नयाँ ट्रेन्ड सुरु भइसकेको छ । यहिँ परिप्रेक्षमा आएको नयाँ एमटी१५ले राइडरको रोमाञ्चकतालाई थप उचाइमा पुर्‍याउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ ।

एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तर्राष्ट्रिय बजारमा चर्चित एमटी डीएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपीएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment