Comments Add Comment

चितवनमा प्रहरी र रवि समर्थकबीच झडप

८ भदौ, काठमाडौंं । चितवनमा प्रहरी र टेलिभजन प्रस्तोता रवि लामिछानेका समर्थकबीच झडप भएको छ ।

लामिछानेका समर्थकले प्रहरीमाथि बोतल प्रहार गरेपछि सुरक्षाकर्मीले अश्रुग्यास हानेको छ ।

शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा टेलिभजन प्रस्तोता रवि लामिछानेसहित तीन जनाविरुद्ध आइतबार आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता भएको छ ।

तर बयान नसकिएपछि थुनछेक बहस हुन सकेन । तीनै जनालाई अदालतबाट फेरि प्रहरी हिरासतमा लैजाने क्रममा प्रदर्शनकारी प्रहरीमाथि खनिएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले अहिले स्थिति नियन्त्रणमा आइसकेको बताए । उनले अनलाइनखबरसँग भने, ‘भीड नियन्त्रणका लागि अश्रूग्यास प्रहार गर्नु परेको हो । तर, अहिले स्थिति नियन्त्रणमा आइसकेको छ ।’

उनका अनुसार, अदालत बाहिर वैकल्पिक बाटोको प्रयोग गरेर लामिछानेलाई हिरासततर्फ लगिए पनि प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्दै अघि बढ्न खोजेका थिए । त्यसक्रममा ढुंगा हानाहान भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment