Comments Add Comment

भेन्यु टेष्ट ड्राइभ गर्नेलाई पुरस्कार

हुण्डाई मोटर्सका लागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले हुण्डाई भेन्यु गाडीको लागी प्रवर्द्धन योजना सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत हुण्डाई सोरुममा गई टेष्ट ड्राइभ गर्ने ग्राहकहरुले डोमेष्टिक होलिडे प्याकेज जित्न सक्नेछन् ।

जसअन्तर्गत लक्की ड्र अन्तर्गत ३ जोडीलाई यो होलिडे प्याकेजको लागी छानिनेछ । हुण्डाई भेन्युलेडिजिटल योजना पनि सार्वजनिक गरेको छ, यसमा सहभागिले हुण्डाई भेन्यु संगको फोटो आˆनो फेसबुक मार्फत शेयर गरी एक इन्टरनेशनल र एक डोमेष्टिक प्याकेज जित्न सकिनेछ ।

हुण्डाइ भेन्युको सार्वजनिक पश्चात बजारमा यसले एकदमै राम्रो प्रतिक्रिया पाइरहेको छ र अटोमोबाइलको यस सेग्मेन्टमा यसले अतुलनीय पहिचान बनाउनेछ भन्ने कम्पनीको विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment