Comments Add Comment

बगैंचामा काम : डिप्रेसनबाट मुक्ती

बगैंचा भएको घरको सुन्दरता नै फरक हुन्छ । जुन घरमा बगैंचा हुन्छ, त्यो घरले हरेक व्यक्तिलाई आकषिर्त गर्छ । विभिन्न रंगहरुका फूल, फलफूल, तरकारी तथा रुख-विरुवाले घरको सुन्दरतालाई सुनमा सुगन्ध भरिदिन्छ । घरमा आएका पहुनाको मन पनि बगैंचाले आफूतिर आकर्षित गर्छ । घरको वरपर बगैंचा हुँदा वातावरण पनि स्वच्छ हुन्छ । बगैंचाबाट आउने स्वच्छ र शितल हावाले गर्मी पनि कम अनुभव हुन्छ ।

बगैंचामा फूल्ने फूल, फलफूल तथा तरकारीका कारण खर्च पनि केही प्रतिशत कम हुन्छ । आफ्नो बारीमा फलेका फलफूल र तरकारी किन्न नपर्दा पैसाको त बचत हुन्छ नै, ताजा र विषादीमुक्त फलफूल र तरकारी पनि खान पाइन्छ । जसले स्वास्थलाई पनि अति नै फाइदा पुर्‍याउँछ ।

यी सबै कारणले गर्दा धेरैले बगैंचामा समय बिताउने थालेको पाइन्छ भने कतिको त बगैंचामा काम गर्ने शोख नै हुन्छ । आफ्नो अन्य कामबाट फुर्सद हुनासाथ बगैंचामा पुग्ने गर्छन् । तर कतिलाई बगैंचाप्रति कुनै चासो नै हुँदैन । तर के तपाईंलाई थाहा छ, बगैंचामा काम गर्ने बानीले तपाईंलाई रमाइलो मात्र लाग्ने होइन, यसले तपाईंको स्वास्थलाई पनि धेरै फाइदा पुर्‍याउँछ ।

तनावमुक्त हुनु

जुन व्यक्तिले बगैंचामा समय बिताउँछ, उ तनावमुक्त हुन्छ । तनावमुक्त हुँदा तपाईंको कार्यक्षमता पनि बढ्छ । बगैंचामा काम गर्नाले तपाईंको इम्युन सिस्टम पनि बलियो हुन्छ । बगैंचामा काम गर्ने व्यक्तिको स्ट्रेस हार्मोनको स्तर पनि कम हुन्छ । त्यसैले दिनमा केही समय बगैंचामा बिताउनु स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

राम्रो व्यायाम हुन्छ

बगैंचामा काम गर्नाले शरीरको राम्रो व्यायाम हुन्छ । बगैंचामा काम गर्दा खन्ने, गोड्ने, सिंचाइ गर्ने जस्ता धेरै गतिविधिहरु गर्नुपर्छ । यी गतिविधिहरुले तपाईंलाई आवश्यक सम्पूर्ण व्यायाम पूरा हुन्छ । यी गतिविधिहरुले शरीरमा रक्तसञ्चार बढाउने काम पनि गर्छ । यदि तपाईंलाई जिम जान अल्छी लाग्छ भने बगैंचामा काम गरेर पनि आफ्नो शरीर बनाउन सक्नु हुन्छ ।

खुशी बढ्छ

धुलोमाटोमा प्राकृतिक एन्टी-डिप्रेसेन्ट पाइन्छ, जसलाई माइक्रो ब्याक्टेरियम ब्याक भनिन्छ । एन्टी-डिप्रेसेन्ट माइक्रोब साइटोकिन लेभललाई बढाउने काम गर्छ, जसले सेरोटोनिनको उत्पादनमा वृद्धि हुन्छ । सेरोटोनिनले खुशीलाई बढाउने काम गर्छ । यसबाहेक पनि तपाइर्ंले रोपेेको बिरुवामा फूल अथवा फल लागेको देखेर तपाईंलाई भित्रबाट आनन्दको अनुभव हुन्छ । एउटा भिन्दै सन्तुष्टि प्राप्त हुन्छ ।

स्वस्थकर खाना खाने प्रेरणा प्राप्त हुन्छ

बगैंचामा काम गर्ने व्यक्तिले स्वस्थकर खाना खान्छन् । उनीहरु खानामा फलफूल र तरकारी अत्याधिक समावेश गर्छन् । घरमा फलेका फलफूल अथवा तरकारीमा अत्यधिक पौष्टिक पदार्थ समावेश भएको हुन्छ । घरमा फलेेको फलफूल र तरकारीको तुलना अन्य कुनै कुरासँग हुँदैन ।

बलियो दिमागको लागि

एक सर्वेक्षणअनुसार बगैंचामा काम नगर्ने व्यक्तिको तुलनामा बगैंचामा काम गर्ने व्यक्तिकोे बिर्सने रोग लाग्ने सम्भावना सुक्ष्म हुन्छ । वास्तवमा बगैंचामा गर्ने गतिविधिहरु कारण स्वास्थ्यमा अनेक फाइदाहरु हुन्छन्, जसले तपाईंको दिमाग धेरै सक्रिय हुन्छ र कार्यक्षमता पनि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment