
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र चन्द्रागिरी नगरपालिका वडा नं १४ नैकापमा कार्यालय रहेको सिप्रदी ट्रेडिङबिच गाडी खरिदका लागि कर्जा सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।
बैंक र उक्त संस्थाबीच आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा बैंकको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्के र सिप्रदी ट्रेडिङ्गका तर्फबाट उक्त कम्पनीका महाप्रबन्धक अनुप मणि ढकालले हस्ताक्षर गरे ।
सांगि्रला डेभलपमेन्ट बैंक लिमिटेडले आˆना ग्राहकवर्गहरुलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरु दिंदै आएकोमा यस सम्झौताअनुसार यस बैंकका ग्राहकहरुले भारतको प्रसिद्ध टाटा कम्पनी ब्राण्डको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिफ्बाट नयाँ गाडी खरीद गर्न चाहेमा सम्झौता अनुसार कर्जा सम्बन्धि सेवा बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गर्न सकिनेछ ।
भृकुटी मण्डपमा भाद्र १० देखि १५ गते सम्म हुने नाडा अटो शोमा यस बैंकको स्टल न ई-२० बाट थप जानकारी पाउन सकिनेछ ।
सेवा अन्तर्गत ग्राहक महानुभावहरुले बैंकको हाल संचालनमा रहेका ८६ वटै शाखाहरुबाट ग्राहकहरुलाई जानकारी दिएको छ ।
प्रतिक्रिया 4