+

एम्बाप्पे एक महिना मैदान बाहिर रहने

२०७६ भदौ  ९ गते २१:०१ २०७६ भदौ ९ गते २१:०१
एम्बाप्पे एक महिना मैदान बाहिर रहने

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फवार्ड केलियन एम्बाप्ले एक महिना मैदान बाहिर रहने भएका छन् ।

पीएसजीले ला लिगामा टुलुजमाथि ४-० को जित हात पार्दा २० वर्षीय फवार्ड घाइते भएका थिए । उनको थाइको मांशपेशीमा चोट लागेको बताइएको छ ।

उनी एक महिना मैदान बाहिर रहने पीएसजीले जनाएको छ ।

आइतबारको खेलका क्रममा पीएसजीका अर्का फवार्ड इडिनसन काभानी पनि घाइते भएका थिए । उनी भने एम्बाप्पेभन्दा एक साता अगाडि मैदान आउने अनुमान छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय