Comments Add Comment

डेब्यु खेलमा लुकाकुको गोल

१० भदौ, काठमाडौं । रोमेलु लुकाकुले इन्टर मिलान क्लबमा आफ्नो डेब्यु खेलमा नै गोल गर्न सफल भएका छन् ।

इटालियन सिरि ए फुटबलमा मंगलबार बिहान भएको खेलमा लुकाकुले लिसी क्लबविरुद्ध डेब्यु खेलमा नै गोल गर्दै इन्टर मिलानलाई जित दिलाएका हुन् । इन्टर मिलानले लेसीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भयो ।

आफ्नो पहिलो खेलमा नै फराकिलो जित निकालेको इन्टर मिलानले लिगमा सुखद् सुरुवात पनि गरेको छ । इन्टर मिलानको जितमा मार्सेलो बोजोभिक, स्टेफानो सेन्सी, रोमेलु लुकाकु र एन्टोनियो क्यान्डे«भाले गोल गरे ।

पहिलो हाफमा दुई गोलले अग्रता लिएको इन्टर मिलानका लागि खेलको ६०औं मिनेटमा लुकाकुले गोल गर्दै आफ्नो डेब्यु खेलमा नै गोल गर्न सफल भए । उनी इंग्लिस क्लब म्यान्चेस्टर युनाइटेडबाट अगष्ट ८ तारिखमा इन्टर मिलान ८० मिलियन युरोमा आबद्ध भएका थिए ।

खेलको ८४औं मिनेटमा इन्टर मिलानले अर्को गोल गर्दै ४–० गोलको जित दर्ता गराएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment