Comments Add Comment

सुगमसँगै बर्षा र तृष्णाको युरोप टुर हुने

पिस एन्ड ब्यूटिफूल चिल्र्डेन वेलफेयरको आयोजनामा असोजको २७ देखि कात्तिकको ७ गतेसम्म युरोपका विभिन्न देशमा सांगीति कार्यक्रम आयोजना हुने भएको छ ।  ‘पिस एन्ड यूनिटी अ म्यूजिकल टुर’ नाम दिएर कार्यक्रम गर्न लागिएको काठमाण्डौमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

यो कार्यक्रममा गायक सुगम पोखरेल, नायिका वर्षा राउत र गायिका तृष्णा गुरुङ सहभागी हुनेछन् । युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा यो कार्यक्रम आयोजना हुन लागेको हो । देशमा रहेमा रहेको निमुखा तथा असाहय बालबालिकाहरुको आधारभुत आवश्यकता पुरा गरी उनीहरुको शिक्षा दिक्षामा सहयोग गर्नका लागि यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।

कार्यक्रममा बोल्दै गायक सुगम पोखरेलले एउटा पवित्र उद्देश्यका कारण आफूहरुले थोरै पारिश्रमिक मात्र लिएर कार्यक्रममा सहभागी हुन लागेको बताए । यस्तै, नायिका वर्षा राउतले युरोपमा दर्शकहरुलाई कार्यक्रममा सहभागी हुन आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment