Comments Add Comment

सबैको घरमा दिपावली हुने गरी प्रदेशको राजधानी टुङ्गो लगाउँछौं: मुख्यमन्त्री पोखरेल

१० भदौ, गुल्मी । प्रदेश–५ का मुख्यमन्त्री शंकर पोखरेलले सबैले दिपावली गर्ने गरी प्रदेशको नामाङ्कन र राजधानीको टुङ्गो लगाउने बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले आपसी सहमतिमा प्रदेशको नामाङ्कन गरी विवाद रहित स्थानमा प्रदेशको राजधानी टुङ्गो लगाउने बताए ।

गुल्मीको सदरमुकाम तम्घासमा मंगलवार आयोजित पत्रकार भेटघाटमा मन्त्री पोखरेलले उपयुक्त स्थानबारे विज्ञहरुले अध्ययन गरिरहेकाले प्रदेशको राजधानी यसै वर्षभित्रै टुङ्गो लाग्ने बताए ।

पहिलो वर्ष संघीयता कार्यान्वयनको वर्ष भएको भन्दै मन्त्री पोखरेलले अब विकासको आधार बर्षको रुपमा जनताले उपलब्धि पाउने बताए ।

संविधानको मूलमर्म अनुसार संघीयता कार्यान्वयन गर्नुपर्ने भएकाले केन्द्र, प्रदेश र स्थानिय तहमा संघीयता कार्यान्वयन सफल रुपमा अघि बढेको उनले बताए ।

वितेको वर्ष कानुन निर्माणको वर्ष भएको र ढिलो रुपमा प्रशासनिक संरचना प्राप्त भएपनि संघीयता कार्यान्वयन गर्ने सवालमा प्रदेश ५ पहिलो प्रदेश भएको उनले बताए ।

संविधान जारी हुनु अघि नेपालको कुल ग्राहस्थ उत्पादन वृद्धि दर ४ प्रतिशत रहेको र संविधान र संघीयता कार्यान्वयन पछि वृद्धि दर ६ प्रतिशत भन्दा माथि पुगेको उनले बताए ।

सरकारले सुधारका कार्यक्रमहरु अगाडि बढाइरहेकाले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा पूरा गर्ने गरी काम भइरहेको बताए ।

प्रदेश ५ ले आगामी ३ वर्षभित्र सबैलाई खानेपानी पुर्याउने गरी प्राथमिकतामा राखेर काम अघि बढाएको उनले बताए । गुल्मी जिल्लामा २ वर्षभित्र सबै क्षेत्रमा खानेपानी पु¥याउने लक्ष्य रहेको मुख्यमन्त्री पोखरेलको भनाइ छ ।

खानेपानी लगायत विकास निर्माणका कामहरु अघि बढी रहेपनि बसाइ सर्ने क्रम नरोकिएकोले त्यसलाई रोक्न प्रदेश सरकार लागि परेको उनले बताए ।

सिद्धबाबाको जोखिमपूर्ण यात्राको बिकल्पकोबारेमा पत्रकारले राखेको जिज्ञासमा मुख्यमन्त्री पोखरेलले वैकल्पिक मार्गको रुपमा सालझण्डी पटौटी खज्याङ्ग गुल्मीको बाटो निर्माण अघि बढिरहेको बताए । मन्त्री पोखरेलले सिद्धबाबाको जोखिमपूर्ण यात्रा अत्यको लागि सुरुङ्ग मार्ग बनाउने गरी विकल्प खोजिरहेको बताए ।

बाढी पहिरोबाट घरवास गुमाएकाहरु घर निर्माणको निम्ति प्रदेश सरकारले जिम्मा लिने उनले बताए । पहिरो प्रभावितहरुको पुर्नवासको लागि केन्द्र सरकारको मुख ताक्नु नपर्ने भन्दै उनले त्यसको जिम्म प्रदेश सरकारले लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment