Comments Add Comment

नेपाल ओलम्पिक कमिटीको अध्यक्षमा जीवनराम र उमेशलालको उम्मेदवारी

१० भदौ, काठमाडौं । नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तत्कालिन अध्यक्ष जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल ओलम्पिक कमिटीको चुनाव यही भदौ २० गते हुदैछ । निर्वाचन समितिले तोकेको उम्मेदवारी दर्ताको समयमा मंगलबार जीवनराम र उमेशलालले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्ताका लागि मंगलबार विहान १० देखि २ बजेसम्मको समय तोकिएको थियो ।

त्यस्तै, पाँच जना उपाध्यक्षका लागि आठ जनाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा ज्योति राणा, तेजबहादुर गुरुङ, पुष्पदास श्रेष्ठ, अशोकरत्न बज्रचार्य, सुनिलकुमार श्रेष्ठ, चतुरानन्द राजवैद्य, राजीव श्रेष्ठ र समिम मिया अन्सारीले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा पुरेन्द्रविक्रम लाखे र निलेन्द्रराज श्रेष्ठले उम्मेदवारी दिएका छन् । कोषाध्यक्षमा भने रतनकुमार टण्डनको मात्र उम्मेदवारी परेको छ ।

त्यस्तै, उपमहासचिवमा राखेपका उपाध्यक्षसमेत रहेका पिताम्बर तिम्सिनाको मात्र उम्मेदवारी परेको छ ।

त्यस्तै, तीन सचिव पदका लागि केशवकुमार विष्ट, रामजीबहादुर श्रेष्ठ, दीपकहर्ष बज्रचार्य र तुलसी थापाले उम्मेदवारी दिएका छन् ।

सात सदस्यका लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा रमेशप्रसाद शिवाकोटी, राम अवाले, प्रकाशशम्सेर राणा, गोपालसुन्दर लाल कक्षपति, टासी घले, होमबहादुर दोङ, दीर्घबहादुर केसी र मनोरञ्जनरमण शर्मा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment