+
+

विप्लव समूहका रामेछाप इन्चार्जले पार्टी छाडे

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १० गते १८:५७

१० भदौ, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका रामेछाप जिल्ला इन्चार्ज यादव ढुंगेलले सो समूह परित्याग गरेर शान्तिपूर्ण जीवन बिताउने जानकारी गराएका छन् । मंगलवार प्रेस विज्ञप्तिमार्फत उनले बिप्लब समूह परित्याग गरेको जनाएका हुन् ।

माओवादी आन्दोलनमा लामो समयदेखि क्रियाशील ढुंगेलले बिल्ब समूहका हिंसात्मक गतिविधिहरुप्रति आफ्नो असहमति रहँदै आएको विज्ञप्तिमा जनाएका छन् । उनले विज्ञप्तिमा अब सो पार्टीमा नरहेको र संविधानको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?