Comments Add Comment

संघीय कानून नबन्दा तीन तहका सरकारबीच दूरी बढ्यो : मुख्यमन्त्री शाही

११ भदौ, भक्तपुर । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डेढ वर्षसम्म पनि संघीय कानून नबन्दा संघीयता कार्यान्वयनमा जटिला देखिएको बताएका छन् ।

रफत सञ्चार क्लबमा बुधबार आयोजित साक्षात्कार मुख्यमन्त्री शाहीले डेढ वर्षसम्म पनि संघीय कानूनले पूर्णता पाउन नसक्दा संबैधानिक प्रश्न उब्जिएकाले संघीय, प्रदेश र स्थानीय सरकारबीच दूरी बढेको बताए ।

मुख्यमन्त्री शाहीले कर सम्बन्धमा पनि तीन सरकारबीच समस्या देखिएको बताए । कर प्रणालीबारे संविधानमै उल्लेख भएको भन्दै उनले एकल कर र साझा करबारे ब्यवहारमा तीनै तहका सरकारबीच समस्या देखिएको बताएका हुन् ।

यस्तै, कर्मचारी समायोजन पश्चात कर्णाली प्रदेश मर्कामा रहेको बताउँदै मुख्यमन्त्री शाहीले प्रदेश सरकारलाई कर्मचारीको अभाव परिपूर्तिको गर्ने व्यवस्था गर्न माग गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment