Comments Add Comment

गलत समाचार लेख्ने आम-सञ्चार माध्यमलाई विज्ञापन नदिने

११ भदौ, काठमाडौं । नेपालका बैंकहरुले तथ्यहीन र कपोकल्पित समाचार लेख्ने आम सञ्चार माध्यमलाई विज्ञापन नदिने भएका छन् ।

पछिल्लो समय नयाँनयाँ अनलाइन सञ्चार माध्यम खोल्ने र जथाभावी समाचार लेखेर विज्ञापनका लागि बार्गेनिङ गर्नेहरुको संख्या बढ्दै गएको भन्दै त्यस्ता सञ्चारमाध्यमलाई विज्ञापन नदिन बैंकहरु एकमत भएका हुन् ।

वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संस्था बैंकर एशोसिएसन नेपालले आधिकारिक रुपमै यो निर्णय गरेको छ । बुधबार बसेको एशोसिएसनको बैठकले यस्तो निर्णय गरेको अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

यस विषयमा प्रेस काउन्सिलसँग आवश्यक समन्वयनसमेत गरिने अध्यक्ष ढुंगानाले जानकारी दिए । ‘भएका र तथ्य समाचार लेखे त हाम्रो आपत्ति हुँदैन तर केही मिडियाहरुले जथाभावी लेख्न थाले,’ अध्यक्ष ढुंगानाले भने, ‘मनपरी समाचार लेखेर बार्गेनिङ गर्नेहरुलाई विज्ञापन रोक्ने निर्णय गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment