Comments Add Comment

माछापुच्छ्रे बैंकले ११ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर दिने

माछापुच्छ्रे बैंकको आर्थिक वर्ष २०७५/७६ को खुद मुनाफाबाट शेयरधनीहरुलाई १६ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको छ ।

उक्त लाभांश अन्तर्गत बैंकले ५ प्रतिशत बोनस शेयर र ११ प्रतिशत नगद लाभांश (कर सहित) नेपाल राष्ट्र बैंकको स्वीकृति एवं आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात वितरण गर्ने निर्णय गरेको छ ।

बैंकले गत आर्थिक वर्षमा १ अर्ब ६९ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेर प्रतिशेयर आम्दानी २१ रुपैंया ७ पैसा कायम गरेको थियो । बैंकको चुक्ता पूँजी ८ अर्ब ५ करोड रुपैयाँ तथा साधारण जगेडा कोषमा १ अर्ब ४५ करोड रुपैयाँ संचित छ ।

माछापुच्छ्रे बैंकले देशका हरेक वर्ग र समूदायसम्म बैंकिङ सेवाको पहुँचका लागि नयाँ-नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ । नयाँ शाखामार्फत कर्जा, निक्षेपलगायतका अन्य सम्पूर्ण बैंकिङ सुविधाहरुको साथमा २४ सै घण्टा एटीएम सेवा पनि उपलब्ध गराउदैँ आएको छ ।

बंैकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल, पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १३६ वटा शाखाहरु र १२१ शाखारहित बैकिङ सेवा समेत गरी जम्मा २५७ स्थानवाट ग्राहक सम्पुर्ण बैकिंङ सुबिधा प्रदान गरिरहेको छ । बैंकले देशभर १५७ वटा एटीएम सञ्चालन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment