Comments Add Comment

सागका लागि क्रिकेटको तयारी आइतबारबाट, ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइयो

१२ भदौ, काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाली क्रिकेट टोलीको तयारी आइतबारबाट सुरु हुने भएको छ । यसका लागि ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएकाे छ ।

सिनियर कि यू–२३ टोली खेल्ने भन्ने अन्यौलका कारण पुरुष टिमको तयारी सुरु हुन सकेको थिएन ।

यो अन्यौल अझै हटेको छैन । नेपाल ओलम्पिक कमिटीले टेष्ट नेशनको यू–२३ र अरु देशका लागि उमेर हद नतोक्ने प्रस्ताव गरेको छ तर दक्षिण एसियाली ओलम्पिक कमिटीले निर्णय गरेको छैन । सम्भवत: सेप्टेम्बर पहिलो साता बैठक बस्नेछ ।

तर, ओमानमा हुने प्रतियोगिताका लागि पनि हेरेर सिनियर खेलाडीहरुलाई पनि प्रशिक्षणमा बोलाइएको छ ।

कप्तान पारस खड्का भन्छन्, ‘राष्ट्रिय खेलकुद परिषद्ले सिनियर टिम नै खेल्न भनेर तयारी गर्न निर्देशन दिएको छ । यदि नयाँ निर्णय भएछ भने त्यसअनुसार टिम घोषणा हुन्छ ।’

टोलीमा सिनियर र यू–१९ टोलीका नियमित सदस्यको बाहुल्यता छ । कप्तान पारस खड्कासँगै ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, वसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, प्रदीप ऐरी, जितेन्द्र मुखिया र विनोद भण्डारीलाई बन्द प्रशिक्षणमा बोलाइएको छ ।

यस्तै, आरिफ शेख, अनिलकुमार साह, अभिनाश बोहोरा, सुनिल धमला, राजु रिजाल, शौरभ खनाल, ललितनारायण भण्डारी, पवन शरार्फ, विक्रम शोव र सन्दीप जोरा पनि प्रारम्भिक टोलीमा छन् । यसैगरी कुशल मल्ल, रित गौतम, अमित श्रेष्ठ, किशोर महतो, सुशान भारी, नन्दन यादव, भीम सार्की, कुशल भुर्तेल, सागर ढकाल, इशान पाण्डे, आसिफ शेख र शोएल आलम पनि प्रारम्भिक टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment