Comments Add Comment

मालपोत कार्यालय गुल्मीमा अनलाइन सेवा सुरु

१२ भदौ, गुल्मी । मालपोत कार्यालय गुल्मीले अनलाइन मार्फत आफ्नो सेवा शुभारम्भ गरेको छ ।

सेवा प्रहवाहलाई सहजता र प्रबिधि मैत्री बनाउने उदेश्यका साथ अनलाइन मार्फत सेवा शुभारम्भ गरेको हो । मालपोत कार्यालयले यसअघि रजिष्टरमा लेखेर सेवा प्रवाह गर्दै आइरहेको थियो ।

रेसुङ्गा नगरपालिका नगरप्रमुख डिल्लीराज भुसालले एक कार्यक्रमकाबीच विहीबार अनलाइन सेवाको शुभारम्भ गरेका छन् ।

सेवा शुभारम्भ गर्दै नगरप्रमुख भुसालले अनलाइन सेवा सञ्चालनमा आएपछि कार्यालयबाट हुने गलत कामको अन्त्य हुने विश्वास व्यक्त गरे ।

जग्गा लेनदेन गर्ने गर्दा लिखतबाट केहि त्रुटि हुने गरेतापनि अनलाइन सेवाले सहजता ल्याउने उनको भनाइ थियो । यो सेवा सुचारु भएसँगै जमिन किनबेच गर्ने सेवाग्राहीलाई समेत सहज हुने भुसालले बताए ।

कार्यक्रममा भूमी व्यवस्था तथा अभिलेख विभागका निर्देशक भरत गौतमले अनलाईन मार्फत ८४ वटा कार्यालयले आफ्नो सेवा सुरु गरेको बताए । डिजिटल प्रबिधि मार्फत काम हुँदा किर्ते कामको अत्य र राजश्व संकलनमा पारदर्शीता आउने गौतमले बताए ।

प्रविधिमैत्री सेवा भएकाले मालपोत कार्यालयले गर्ने कार्य दैनिक केन्द्रबाट अनुगमन गर्न सकिने हुँदा यसले सेवा प्रवाहमा अत्यन्तै पारदर्शीता ल्याउने बताए । यहाँ भएका दैनिक कामहरु सिधै अनलाइनमा मार्फत केन्द्रमा जाने भएकाले डाटा सुरक्षीत रहने उनले बताए ।

अनलाइन सेवाको पहिलो सेवाग्राही रुपमा इस्मा गाउँपालिका–३ का पबित्रा कुँवर र लाल बहालदुर कुँवरले लालपुर्जा लिएका छन् । पहिलो सेवाग्राही कुँवरलाई नगर प्रमुख भुसाल र निर्देशक गौतमले लालपूर्जा प्रदान गरेका थिए ।

कम्प्युटर मार्फत प्रिन्ट गरिएको लालपुर्जा पाएकोमा सेवाग्राही पबित्रा कुँवरले खुसी व्यक्त गरिन् ।

मालपोत कार्यालयको सेवाप्रवाहलाई सहज र सजिलो बनाउन ग्लोवल आइएमइ बैंकको शाखा समेत स्थापना गरिएको छ ।

कार्यालयमा उठ्ने सम्पूर्ण रकम दैनिक रुपमा बैंक मार्फत हुने गरेको छ । कार्यालयबाट सेवा लिँदा सेवाग्राहीले तिनुपर्ने राजस्वर वापतको रकम बैंकमा सिधै दाखिला गरेर मात्रै जग्गाको कारोवार हुने कार्यालयका लेखापाल पुरन नेपालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment