Comments Add Comment

डार्क लिपिस्टिक लगाउँदै हुनुहुन्छ ?

श्रृंगारले महिलालाई सुन्दर र आकर्षक बनाउन सहयोग गर्छ । महिला र श्रृंगार एक सिक्काको दुई पाटा जस्तै हो । कुनै पनि महिलाले श्रृंगारविनाको आफ्नो सौन्दर्यको कल्पनासमेत गर्न सक्दिनन् । तर त्यही श्रृंगारलाई मिलाएर गरेन भने त्यसले तपाईंको सौन्दर्यलाई सुन्दर बनाउनुभन्दा तपाईंलाई भद्दा र अनाकर्षक बनाइदिन्छ । त्यसैले श्रृंगार कसरी गर्ने भन्नेबारे जानकारी हुन अति नै आवश्यक छ ।

लिपिस्टिकले ओंठको सुन्दरता बढाउने गर्छ । जसमा हल्का शेडको लिपिस्टिक फैलिँदा पनि भद्दा देखिँदैन, तर गाढा रंगको लिपिस्टिक फैलिँदा तपाईंको ओठ भद्दा देखिन्छ । त्यसैले गाढा लिपिस्टिक लगाउनु अगाडि केही टिप्सहरु थाहा पाउनु भयो भने तपाईं सुन्दर देखिनुहुन्छ ।

रातो र गुलाबी जस्ता गाढा रंगका लिपिस्टिक लगाउनु अगाडि ओठलाई सही तरिकाले तयार गर्न आवश्यक छ । अनुहारमा मेकअप तब राम्रो देखिन्छ जब अनुहारको बेस राम्रो हुन्छ, त्यसैगरी ओठ सुन्दर देखिन पनि सबैभन्दा पहिला यसको बेस राम्रो हुन आवश्यक छ ।

ओठलाई मुलायम बनाउनका लागि सर्वप्रथम ओठमा लिप कन्डिसनर अथवा लिप बाम लगाउनु पर्छ । दुई मिनेटपछि टिस्यू पेपरले बढी भएको लिप बाम हटाउनु पर्छ । त्यसो गर्दा ओठको मृत छाला पनि निस्कन्छ । अब ओठको रंगसँग मिल्ने लिपलाइनरले ओठको आउटलाइन बनाउनु पर्छ । त्यसपछि ब्रसको सहायताले लिपिस्टिक लगाउनु पर्छ । ब्रसले लिपिस्टिक लगाउनाले ओठको सेप कायम राख्न सजिलो हुन्छ र लिपिस्टिक पनि दूषित भएर छिट्टो बिग्रन पाउँदैन ।

ब्रसले लिपस्टिक लगाइसकेपछि दोस्रो कोट लिपस्टिक लगाएर ओठले नै लिपस्टिक मिलाउनु पर्छ । ओठको बीचमा टिस्यु पेपर राखेर लिपिस्टिकलाई ट्रेस गर्नु पर्छ । यसो गर्दा अनावश्यक लिपिस्टिक हट्नुको साथै राम्रोसँग सेट पनि हुन्छ । यदि तपाईंलाई मोटो ओठ मनपर्छ भने टिस्यु पेपरमा लुज पाउडर छर्केर ओठको बीचमा राख्नु पर्छ । तपाइर्ंको ओठको मेकअप गाढा छ भने आँखाको मेकअप हल्का गर्नुपर्छ ।

यदि तपाईंको लिपस्टिक लगाउँदा दाँतमा पनि लाग्ने समस्या छ भने ओठलाई अंग्रेजी अक्षरको ‘ओ’ आकार बनाएर मुखमा एउटा सफा औंला छिराएर बाहिर निकाल्नु पर्छ । यसो गर्दा ओठको भित्री भागमा लागेका अतिरिक्त लिपिस्टिक निस्कन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment