+
+
WC Series
विराटनगर किंग्स 2025
144/8 (20)
VS
Lumbini Lions won by 5 wickets
Won लुम्बिनी लायन्स 2025
145/5 (17.5)
Shares

अनियमित मुटुको धड्कन : कारण के हो ?

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १२ गते १३:५३

मुटुको चाल अनियमित हुनु एरिथमिया हो । यसको अर्थ यो होइन कि, तपाईंको मुटु धेरै तीव्र वा धेरै धीमा गतिमा धड्किरहेको छ । बरु यसको अर्थ हो, तपाईंको हृदयको धड्कन सामान्य चालले चलिरहेको छैन ।

मुटुको धड्कन तीव्र गतिमा धड्कनुलाई टेकीकार्डिया भनिन्छ । अत्यन्त धीमा गतिमा धड्कनुलाई ब्रेडीकार्डिया भनिन्छ । यी दुवैभन्दा फरक हो, एरिथमिया ।

एरिथमिया तब हुन्छ, जब हृदयको धड्कन समन्वय गर्ने विद्युत संकेतले सही ढंगले काम गरिरहेको छैन । उदाहरणका लागि कुनै व्यक्ति अनियमित मुटुको धड्कन अनुभव गर्छ, जसको कारण मुटु तीव्र धड्किरहेको महसुस गर्छ । केही प्रकारका एरिथमिया घातक हुनसक्छ । यदि धड्कन असामान्य हो भने त्यो कमजोर वा क्षतिग्रस्त हृदयको परिणाम हुनसक्छ । तब एरिथमिया गम्भीर वा सम्भावित घातक लक्षण उत्पन्न गर्न सक्छ ।

हृदय एरिथमियाको उपचारले अक्सर तीव्र, धिमा वा अनियमित हृदयको धड्कनलाई नियन्त्रण गर्छ । यसका साथै हृदयलाई स्वस्थ राख्ने जीवनशैली अपनाएर पनि यो समस्याबाट जोगिन सकिन्छ । कमजोर वा क्षतिग्रस्त हृदयको कारण हुने एरिथमिया गम्भीर हुनसक्छ ।

एरिथमियाको प्रकार

१. अपरिपक्व एन्ट्रियल संकुचन

यो प्रारम्भिक अतिरिक्त धड्कन हो, जो हृदयको माथिल्लो कक्षमा उत्पन्न हुन्छ । यो हानीरहित हुन्छ र यसको उपचारको आवश्यकता पर्दैन ।

२. अपरिपक्व भेन्ट्रिकुलर संकुचन

यो सबैभन्दा आम हृदय एरिथमियामा पर्छ । हृदय रोगले पीडित वा हृदय रोग नभएका दुवैमा यस्तो समस्या हुनसक्छ । यो रोकिँदै-रोकिँदै चल्ने मुटुको धड्कन हो, जुन हामी कहिलेकाहीँ अनुभव गर्छौं ।

३. एन्ट्रियल स्पन्दन

यो एक प्रकारको एरिथमिया हो, जुन एटि्रयममा एक वा अधिक तीव्र सर्किटको कारण हुन्छ । एटि्रयल स्पन्दन सामान्यत एटि्रयल फिबि्रलेशनको तुलनामा धेरै संगठित र नियमित हुन्छ । यस प्रकारको एरिथमिया धेरैजसो हृदय रोगले ग्रसित व्यक्तिमा र हृदयको शल्य चिकित्सापछि पहिलो सप्ताहमा हुन्छ ।

४. भेन्ट्रिकुलर टेककार्डिया

यो मुटुको तल्लो कक्षबाट उत्पन्न हुने एक तीव्र हृदय ताल हो । धड्कनको तीव्र दरले हृदयमा पर्याप्त रक्त पुग्न रोकिन्छ । मुटुले शरीरमा कम मात्रामा रगत पम्प गर्न पाउँछ । यो एक गम्भीर एरिथमिया हुनसक्छ । खासगरी हृदय रोगबाट ग्रसितमा यो लक्षण देखिन्छ ।

५. भेन्ट्रिकुलर फिब्रिलेशन

यो भेन्ट्रिकल्सबाट निस्कने अनियमित र अनियोजित आवेग हो । भेन्ट्रिकल्समा कम्पन हुन्छ र यो शरीरमा रक्त पम्प गर्न असमर्थ हुन्छ ।

६. ब्रेडी एरिथमिया

यो हृदयको धीमा लय हो, जसले मुटुको विद्युत चाल प्रणालीमा रोग पैदा गर्न सक्छ ।

७. हार्ट ब्लक

विद्युत आवेगमा विलम्ब हुन्छ वा पूर्णरुपले ब्लक हुन्छ । यस स्थितीमा हृदय अनियमित रुपले र अक्सर धीमा गतिमा धड्कन थाल्छ ।

के हुन्छ लक्षण ?

एरिथमियाको लक्षण निम्न छन् ।

१. मुटुको धड्कन रोकिँदै चल्ने ।

२. छातीमा तीव्र दुखाइ महसुस हुने

३. चक्कर लाग्ने

४. बेहोस हुने

५. कम सास आउने

६. छातीमा बेचैनी महसुस हुने

७. कमजोरी वा थकान महसुस हुने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?