Comments Add Comment

नाडामा जिपको तरंगः ट्रायलहकदेखि कम्पास स्पोर्टस् प्लससम्म (भिडियो)

सार्वजनिक भएको केही समयमै जिप कम्पास बजारमा लोकप्रिय मोडेल बन्यो । पहिलेदेखि रहेको जिप प्रतिको आकर्षणका कारण कम्पास छोटो समयमै नेपाली अटो बजारको अब्बल प्रतिस्पर्धीमा गनिन थालेको छ ।

जिपले कम्पासका विभिन्न भेरियन्टमार्फत आफ्नो बजारलाई आक्रामक बनाइरँदा नाडा अटो शोमा कम्पास ट्रयाकहक सार्वजनिक गरेको छ । यस्तै कम्पास स्पोर्ट्स प्लस पनि नाडामै सार्वजनिक भएको छ ।

जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले जिपको ‘ट्रायल रेटेड’ एसयुभी कम्पास ट्रायलहकलाई विशेष आकर्षण्का रुपमा नाडामै सार्वजनिक गरेको हो । नयाँ कम्पास ट्रायलहकमा २.० लिटरको मल्टिजेट टर्बोजिजेल इन्जिन प्रयोग गरिएको छ जसले अधिकतम १७० एचपी पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ ।

जिपले कम्पास ट्रायलहकमा पहिलो पटक ९ स्पिडको डिजेल अटोमेटिक ट्रान्समिसन भएको इन्जिन प्रयोग गरेको छ जुसले गर्दा यो एसयुभी कठोर भूबनोटमा पनि गुडन सक्ने क्षमता राख्छ । नेपालमा जिप कम्पास ट्रायलहकको मूल्य एक करोड २४ लाख ९० हजार तोकिएको छ ।

‘ट्रायल-रेटेड’ उपमा पाउन जिपले ‘ट्रयाक्सन’, ‘वाटर फोर्डिङ’, ‘म्यानुराबिलिटी’, ‘आर्टिकुलेसन’ र ‘ग्राउन्ड क्लेरेन्स’ गरी पाँच वटा विभिन्न क्षमता परीक्षण उत्तिर्ण गर्नु पर्छ । जिपले ‘र्‍यांग्लर’ र ‘चेरोकी’ जस्ता केही निश्चित मोडेललाई मात्र ‘ट्रायल-रेटेड’ ब्याज दिने गरेको छ ।

अल हि्वल ड्राइभ (एडब्लुएच)प्रविधि रहेको ट्रायलहकमा जिप एक्टिभ ड्राइभ ४बाई४ लो, इन्जिन स्टपरस्टार्ट, एड्भान्स्ड क्रुज कन्ट्रोल, बिल्ट-इन नेभिगेसन, हिल डिसेन्ट कन्ट्रोल, र पहिलोपटक ‘रक मोड’ टेरेनको सुविधासमेत रहेको छ । यसअघिका कम्पास भेरियन्टमा ‘स्नो’, ‘स्यान्ड’, ‘मड’ र ‘अटो’ मोड थिए ।

ट्रायलहकको हुडमा ‘एन्टी-ग्लेर डिकेल’ रहेको छ जसले गर्दा सूर्यको प्रकाशले चालकको ‘भिजिबिलिटी’मा कुनै समस्या पैदा गदैन । यसको प|mन्ट बम्पर रिडिजाइन गरी अफरोडका लागि ‘क्यापाबल’ बनाइएको छ ।

अगाडिको बम्परको एपोच एंगल २६.५ डिगी रहेको छ भने पछाडिको डिपार्चर एंगल ३१.६ डिगी रहेको छ ।  ट्रायलहकमा १७ इन्चको एलोइ हृविल लगाइएको छ भने ग्राउन्ड क्लेरेन्स २०५ एमएम रहेको छ ।

प|mन्ट बम्परको मुनि राखिएको ठूलो एअर ड्यामले गहिरो पानी भएको सतहमा गाडी चलाउँदा पनि ‘एअर इन्टेक’गर्न मद्दत गर्छ । जिपकम्पास ट्रायलहक ८४ सेन्टिमिटर सम्म गहिरो पानीमा पनि विना समस्या चलाउन सकिन्छ ।

ट्रायलहकमा आकर्षक रातो स्टिच गरिएको कालो प्रिमियम लेदरको सिट राखिएका छन् । इन्टेरियरको अन्य विभिन्न स्थानमा ‘रेड टच’ दिइएको छ र यसमा ठूलो पानोरामिक सनरुफ लगाइएको छ ।

त्यसैगरी, इन्स्ट्रयुमेन्ट क्लस्टरमा७इन्चको स्क्रिन प्रयोग गरिएको छ जसले नेभिगेसन डिरेक्सन, इन्जिनको तापमान, इन्जिनओइल र ट्रान्समिसन ओइल, ट्यांकमायुरियाको मात्रा, माइलेज, रेडियो फ्रिक्वेन्सी, गियर सेलेक्ट लगायतको सूचना दिन्छ । स्टेरिङ हि्वलको दायापट्टी अबक्रुज कन्ट्रोल र बायाँतिर रेडियो, संगीत, जलवायु र नेभिगेसनका लागि ‘भ्वाइस एक्टिभेटेड कन्ट्रोल’ राखिएको छ ।

ट्रायलहकमा पनि अन्य जिप कम्पासमाझैं ५० भन्दा बढी सुरक्षाफिचर छन् । यसमा पछाडिको सिटका यात्रुलाई टाउको चोटबाट बचाउने ‘साइड फुल कर्टेन एअरब्याग’सहित ६ वटा एअरब्यागको व्यवस्था गरिएको छ ।

यसमा प्रयोग गरिएको ‘रोल ओभर मिसिगेसन’कुशल सुरक्षा फिचर हो जसले चाहिनेभन्दा बढी गाडी ढल्किएको ‘सेन्स’ गर्छ र तुरुन्त साइड एअरब्यागलाई सक्रिय बनाउँछ र भित्र रहेका सबैजनालाई ‘रोल ओभर’ अवस्थामा चोटबाट बचाउँछ । ट्रायलहकमा स्पिड वार्निङ सिस्टम पनि छ जुन यो भारतको नयाँ सवारी सुरक्षा नियमअनुसार राखिएको हो ।

त्यसैगरी, एमएडब्लु लाइफले नाडामै कम्पास स्पोर्ट प्लस पनि लन्च गरेको छ । जिप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दा माथिको भेरियन्ट हो जसमा पि्रमियम फिचरहरु अफर गरिएका छन् ।

१६ इन्चको एलोइ हि्वल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी पि्रमियम फिचर हुन् । साथै, यसमा इलेक्टि्रकल्ली एड्जस्टेबल आउटसाइड रियर-भ्यु मिरर, डे-टाइम रनिङ ल्याम्पस, अल-ब्ल्याक इन्टेरियर फेबि्रकअप होल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् ।


सुरक्षाको कुरा गर्ने हो भने यसमा डअल फ्रन्ट एअरब्याग, इलेक्टि्रक पार्किङ ब्रेक, एन्टिलक ब्रेक सिस्टम, इलेक्ट्रोनिक ब्रेक डिस्टि्रब्युसन, प्यानिक ब्रेक असिस्ट, फोर डिस्क ब्रेक, आइसोफिक्स चाइल्ड सिट एंकर र एडाप्टिभ ब्रेक लाइट जस्ता सुविधा पनि छन् ।

साथै, हिल स्टार्ट असिस्ट, ईसीएस (इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल) र टीसीएस -ट्रयाक्सन कन्ट्रोल सिस्टम’ र डाइनामिक स्टिरिङ टर्क पनि छ । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।

सार्वजनिक भएको एक वर्ष नबित्दै नेपाली सडकमा अहिले जिप कम्पासको उपस्थिति बाक्लो बन्दै छ । जीपले जसरी आˆना एसयुभीमा आˆनो ग्राहकले चाहेको फिचरहरु धमाधम थप्दै छ, त्यसैगरी नेपालमा आफ्नो छाप पनि दरिलोसँग छोड्दै छ ।

कम्पासले नेपाली बजार बटुलको वाहवाहीको नतिजा हो, कम्पासको टप भेरियन्टको ‘लिमिटेड प्लस’ पनि ।

लाइफ अटोमोबाइलले नयाँ ‘टप-अफ-द-लाइन’ अप भेरियन्ट लिमिटेड प्लस थपेर जिप कम्पासको ‘पोर्टफोलियो’लाई विस्तार गरेको छ । यसमा त्यस्ता धेरै फिचरहरु छन् जुन सेग्मेन्टमै पहिलो पटक राखिएका छन् ।

यो गाडीको अनुपम पक्षमध्ये एक हो, बाहिरी डिजाइन । यसैपनि लुक्समा चर्चा बटुलेको कम्पासमा गरिएका सुन्दर परिवर्तनले यसलाई अझै बढी दमादार बनाइदिएको छ । अझ गाडी भित्र धेरै फिर्चसहरु थपेर यो गाडी किन्नेलाई सही निर्णय लिएको महसुस गराउन खोजिएको  छ ।

बाहिरी डिजाइनमा सबैभन्दा ठूलो परिवर्तन यसको हि्वलमा गरिएको छ । गाडीमा १८ इन्चको हि्वल प्रयोग गरिएको छ ।

चक्काको आकार बढेसँगै कम्पासको आकारको ठूलो देखिन्छ । कम्पासलाई सडकमा उत्रिँदा ‘बोल्ड’ रुपमा प्रस्तुत गर्न यसले सघाएको छ । गाडीको पछाडि ‘लिमिटेड प्लस’ ब्याचले पनि कारको आकर्षणलाई बढाइदिएको छ ।

कम्पासको लिमिटेड प्लस भेरियन्टमा अब ‘डुअल पेन पानोरेमिक सनरुफ’ राखिएको छ । कम्पास लाइनअपमा यो पहिलो पटक राखिएको फिचर हो ।

त्यसैगरी, यसमा तीन तहको ‘ब्राइटनेस’ भएको नयाँ अटोमेटिक हेडल्याम्पको सुविधा रहेको छ । हि्वलहरु पहिलेभन्दा ठलो १८ इन्चको ‘डुअल टोन पोलिस्ड एलुमिनियम एलोई हि्वल’ छन् । लिमिटेडमा १७ इन्चको हृविल थियो ।

त्यसैगरी, नयाँ जिप कम्पासमा वर्षा भएको थाहा पाउने रेन सेन्सिंग वाइपर राखिएको छ र यो पनि कम्पास लाइनअपमा पहिलो पटक हो ।

जब यो गाडी सडकमा गुड्छ, गाडी प्रेमीमाझ एउटा तरंग नै सिर्जना गर्नसक्छ । किनभने यसको बाहिरी सजावट यति मजबुत लाग्छ कि जुनसुकै ब्रान्डका गाडी चढ्नेहरुलाई पनि एकपटक फर्किएर हेर्न कर लाग्छ ।

यस्ता विशेषता भएका गाडीहरुले नाडामा जिपप्रेमीलाई उत्साहित बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment