Comments Add Comment

नाडामा यामाहाः आकर्षणको केन्द्रमा ‘एमटी १५’ (भिडियो)

यामाहा मोटरसाइकल तथा स्कुटर नेपालमा सर्वाधिक विक्री हुनेको सूचीमा अग्रणी स्थानमा आउँछ । ग्राहकहरुको चाहानाअनुसार बाइक बजारमा ल्याउने यो ब्रान्डले पछिल्लो समयमा युवा पुस्तालाई आफ्नो केन्द्रमा राखेर बजारीकरण गरिरहेको छ । नाडा अटो शोकै अवसर पारेर कम्पनीले हालै एमटी सिरिजलाई पनि नेपाल भित्र्यायो ।

एमएडब्लु इन्टरप्राइजेजले यामाहा एमटी १५, ‘द डार्क वारियर’को विक्री सुरु गरिसकेको छ । नाडामा यो बाइक आकर्षणको केन्द्रमा छ ।

नयाँ एमटी १५ मा लिक्विड कुल्ड, ४ स्ट्रोक, एसओएचसी, ४ भल्भ, ६ स्पिड ट्रान्समिसन भएको १५५ सीसीको फ्युल इन्जेक्टेड इन्जिन छ जसमा ‘भेरिएबल भल्भ एक्च्युएसन’ (भीभीए) र ‘असिस्ट एन्ड स्लिपर’ (ए एन्ड एस) क्लच जस्ता अत्याधुनिक प्रविधि रहेको छ ।

‘एमटी’को पूर्ण रुप ‘मास्टर अफ टर्क’ हो । एमटी सिरिजका यामाहा मोटरसाइकल ‘पावर’ (शक्ति) र ‘एजाइलिटी’ (फुर्तिलोपना)का लागि संसारमै लोकपि्रय छन् ।

हाइपर नेकेड प्लेटर्फममा बनेको नयाँ एमटी १५मा प्रयोग भएको फयुल इन्जेक्टेड इन्जिनले १०००० आरपीएममा अधिकतम १९.३ पीएस शक्ति र ८५०० आरपीएममा अधिकतम १४.७ एनएम टर्क उत्पन्न गर्छ । नयाँ एमटी १५ ‘एजाइल एसिलेरेसन’, ‘एजाइल हृयान्डलिङ’ र ‘एड्भान्सड डिजाइन’को सबैभन्दा उत्कृष्ट नमुना हो जुन ‘टर्क’ र ‘एसिलेरेसन’ अनुभव गर्न चाहने युवा राइडरलाई लक्षित छ ।

नयाँ एमटी १५ मा भीभीए(-भ्यारिएबल भल्ब एक्चुएसन) प्रविधि प्रयोग गरिएको छ जसले कम र मध्यम ‘आरपीएम’मा पनि टर्कमा कुनै सम्झौता नगरी अधिकतम शक्ति उत्पन्न गर्न मद्दत गर्छ । यसले इन्जिनको पर्फमेन्सलाई अझ दमदार बनाइदिन्छ । त्यसैगरी, ‘ए एन्ड एस क्लच’ -असिस्ट एन्ड स्लिपर क्लच)ले गियर परिवतन गर्ने प्रक्रियालाई सहज र आरामदायी बनाउँछ ।

नयाँ एमटी१५ मा १४० एमएमको रियर टायर र २८२ एमएमको सिंगल च्यानल एबीएसहितको फ्रन्ट डिस्क छ जसले ब्रेकिङलाई सटिक र सुरक्षित बनाइदिन्छ । यसमा प्रयोग भएको सानो देखिने ‘बाई फंक्सनल’ हेडलाइट, भर्टिकल टेललाइसहितको छोटो टेल र अन्य ‘ग्राफिक्स’ तथा ‘फिनिस’ले एमटीको ‘एग्रेसिभ’ स्टाइललाई झल्काउँछ ।

नेपालमा यामाहा एमटी १५ को मूल्य चार लाख २४ हजार नौ सय रुपैयाँ तोकिएको छ भने यो ‘मेटालिक ब्ल्याक’ र ‘डार्क म्याट ब्लु’ गरी दुई एक्साइटिङ कलरमा उपलब्ध छ ।

नेपाली राइडरहरु अहिले ‘स्पिड’ र ‘कन्ट्रोल’प्रति निकै चनाखो छ र यसकारण मोटरसाइकलिङको नयाँ ट्रेन्ड सुरु भइसकेको छ । यहिँ परिप्रेक्षमा आएको नयाँ एमटी१५ले राइडरको रोमाञ्चकतालाई थप उचाइमा र्पुयाउने अपेक्षा एमएडब्लु इन्टरप्राइजेजले लिएको छ ।

एमटी१५ को लुक्स र टेक्नोलोजी अन्तरार्ष्ट्रिय बजारमा चर्चित एमटी डीएनएबाट प्रभावित छ । १३८ किलोग्राम वजन भएको यो मोटरसाइकलको ग्राउन्ड क्लेरेन्स १५५ एमएम छ भने ‘इन्जिन वार्म अप टाइम’ कम गर्न थर्मोस्ट्याट् कुलिङ सिस्टम जडान गरिएको छ । त्यसैगरी, ‘हाई आरपीएम’ स्पष्ट आवाजका लागि तीन तह भएको मफ्लर प्रयोग गरिएको छ ।

जापानी मोटरसाइकल कम्पनी यामाहाले ‘एमटी’ अर्थात् ‘मास्टर अफ टर्क’ सिरिजको उत्पादन सन् २००५ बाट थालेको थियो । यो ‘लेजेन्डरी’ मोटरसाइकलमा १६७० सीसीको एयरकुल्ड भी-टि्वन इन्जिन लगाइएको थियो तर स्टाइल फ्रेम र सस्पेन्सन चाहिँ स्पोटर्स यानि नेकेड बाइक जस्तो थियो ।पहिलो पुस्ताको एमटीमा यामाहा वारियर एक्सभी १७००को सु”ति इन्जिन राखिएको थियो भने र्फक र ब्रेक चाहिँ सन् २००४/०५ मा बनेका यामाहा आर १ को राखिएको थियो ।

भिडियो हेर्नु्स् 

एमटीको ‘कन्सेप्ट’ सन् १९९९ मा टोकियो मोटर सोमा सार्वजनिक गरिएको थियो । यो दुई दशकको अवधिमा एमटीको टेक्नोलोजीले छलाङ मारिसकेको छ तर यसको डिजाइन डीएनएमा ठूलो परिवर्तन भइसकेको छैन । पाँच वर्षअघि मात्र एमटी ०९ लाई मोटरसाइकलको दुनियामा उतारिएको थियो । हाई टर्क क्रसप्लेन इन्जिन, नेकेड बडी र एजाइल हृयान्डलिङले गर्दा यो मोटरसाइकल निकै लोकपि्रय बन्यो । यो मोटरसाइकलमा लिनियर टर्क, एजाइलिटी र हाई पावर टु वेटलाई पूर्ण प्राथमिकता दिइएको छ । यामाहाको यो मोटरसाइकलले सडकमा नयाँ लुक, इनर्जी र एटिच्युड झल्काउँछ ।

यहिँ विरासतको निरन्तरता हो, एमटी०७, एमटी०५, एमटी०३, एमटी १२५ र पछिल्लो समयमा यामाहा एमटी१५ । केही महिनाअघि भारतमा सार्वजनिक भएको यामाहाको ‘मोस्ट-अवेटेड’ यो मोटरसाइकल केही दिनमै औपचारिक रुपमा नेपाल भित्रिने भएको छ ।

यामाहाले एमटी सिरिजलाई ‘डार्क साइड अफ जापान’ ट्याग दिएर प्रचारप्रसार गरिरहेको छ ।

धेरै मानिसहरु जापानलाई एउटा पारम्परिक र शिष्ट समाजका रुपमा लिन्छन् जहाँ ‘अनुशासन’लाई आदर्श मानिन्छ । तर यो ‘स्टेरियोटिपिकल’ छविले एउटा गतिशिल उपसंस्कृतिलाई छायाँमा पारिरहेको छ जहाँबाट नयाँ फेसन र आइडियाको अनवरत उत्पादन भइरहेको छ ।

यहिँ अँध्यारो र अपारम्परिक तर सिर्जनशील पाटोबाट एमटी सिरिज प्रभावित छ जसले राइडरलाई रोमाञ्चक उर्जा, अविश्वसनीय चुस्तता र उत्तेजक डिजाइनको अनुभव गर्ने मौका दिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment