Comments Add Comment

आइपीएस तालिममा नेपाल प्रहरीका इन्स्पेक्टर उत्कृष्ट

११ भदौ, काठमाडौं । भारतमा भएको आइपीएस (इन्डियन पुलिस सर्भिस) तालिम २०१७ मा नेपाल प्रहरीका प्रहरी निरीक्षक कृष्ण खड्का उत्कृष्ट बाह्रय प्रशिक्षार्थी हुन सफल भएका छन् । उनी ‘आइपिएस एशोसियसन्स अफ सोर्ड अफ अनर’ बाट पुरस्कृत पनि भएका छन् ।

तालिममा प्रहरी निरीक्षक अनु लामा ‘वेष्ट लेडी आउटडोर प्रोवेसनर, चाँदमारी र वेष्ट टर्नआउट’ गरी ३ विधामा पुरस्कार हासिल गर्न सफल भएका छन् । साथै, प्रहरी निरीक्षक अमर माझी ‘वेष्ट स्वीमिङ अवार्ड र प्रहरी निरीक्षक उमेश गुरुङ ‘जयपुर कप फर पि.टी.’ पुरस्कारद्वारा पुरस्कृत हुन सफल भएका छन् ।

भारतका संघीय गृहमन्त्री अमित साह प्रमुख अतिथि रहेको २४ अगष्ट, २०१९ मा आयोजित दिक्षान्त समारोहमा तालिमका विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो । विभिन्न विधामध्ये नेपाल प्रहरी उक्त विधाहरूमा उत्कृष्ट भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

करिब २ वर्ष लामो अवधि रहेको तालिम ६ महिनाको फिल्ड अट्याचमेन्टसहित २ चरणमा संचालन हुने गरेको बताइएको छ ।

१८ डिसेम्बर २०१७ मा सुरु भएको तालिममा ९२ जना भारतीय प्रहरी, ५ जना नेपाल प्रहरी र ६ जना रोयल भुटान पुलिस गरी कुल १ सय ३ जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको थियो ।

हाल नेपाल प्रहरीबाट हरेक वर्ष ५ जना प्रहरी निरीक्षकहरू उक्त तालिममा समावेश हुने गरेका छन् । सो अनुरूप २०१७ मा ४ पुरुष र १ महिला गरी नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षकहरुको सहभागिता रहेको थियो ।

सन् १९५५ देखि नेपालको सहभागिता हुन थालेको उक्त तालिममा हालसम्म ६० जना भन्दा बढी सिनियर प्रहरी अधिकृतहरुले तालिम सम्पन्न गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment