Comments Add Comment

सरकारको प्रयासले मात्र डेंगु नियन्त्रण हुन सक्दैन : उपप्रधानमन्त्री यादव

१२ भदौ, काठमाडौं । उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य मन्त्रालयको प्रयासले मात्र डेंगु रोग नियन्त्रण हुन नसक्ने बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित कार्यक्रममा उनले डेंगु रोग नियन्त्रण स्वास्थ्य मन्त्रालयको मात्र दायित्व नठानेर सबैले प्रयास गर्नुपर्ने बताएका हुन् ।

‘यसमा पालिका प्रदेश, केन्द्र सबै यो अभियानमा लाग्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयले डेंगु मार्न गाउँ गाउँ गएन भनेर छोडिदियौं भने त्यो सम्भव हुँदैन’ उनले भने यो सबैको दायित्व हो ।

उपप्रधानमन्त्री यादवले डेंगु रोगका विरामीको उपचारमा कमी हुन नदिएको बताए ।

स्वास्थ्य सचिव डा. पुष्पा चौधरीले दशैको समयमा राजधानीमा डेंगुको संक्रमण अझै फैलिने सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन आग्रह गरिन् । उनले डेंगुको बहुआयामिक लक्षण देखिने भएकाले विशेष पहिचान गरी मृत्युदर घटाउने तर्फ उपचारलाई केन्द्रित गर्नुपर्ने पनि बताइन् ।

मुलुकका ४२ जिल्लामा देखिएको डेंगुको संक्रमणबाट अहिले सम्म १ हजार ५ सय ३७ जना विरामी परेको मन्त्रालयले जनाएको छ । पछिल्लो समय विश्वका आधा भन्दा बढी जनसंख्या डेंगु रोगको जोखिममा रहेको मन्त्रालयले जनाएको छ । त्यसैगरी प्रत्येक बर्ष ३९ करोड मानिसमा डेंगु रोगको संक्रमण हुनुको साथै २० हजार भन्दा बढी व्यक्तिको मृत्यु हुने गरेको छ ।

डेंगुको संक्रमण ३ देखि १० दिनसम्म रहने र यस समयमा विरामीलाई उच्च ज्वरो आउने, टाउको दुख्ने, पेट दुख्ने, वाकवाकी लाग्ने, आँखाको गेडी दुख्ने, जीउ जोर्नी दुख्ने, शरीरमा रातो रातो बिमिराहरु देखापर्ने चिकित्सकहरुले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment