Comments Add Comment

विराटनगरमा लुटको आतङ्क मच्चाउने ७ जना पक्राउ

१२ भदौ,  काठमाडौं । विराटनगर महानगरपालिकाको विभिन्न स्थानमा डकैत गर्ने गिरोहका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङ पथरी शनिश्चरे-१ स्थित ईलाका प्रहरी कार्यलय पथरीबाट खटिएको प्रहरीको टोलीले  BR32PA2836 नम्बरको स्करपियो गाडी सहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा ४ जना नेपाली र ३ जना भारतीय नागरिकहरु रहेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको मधुवनी बेनिपट्टि कटैया-१३ का ३५ वर्षीय धर्मेन्द्र कामत, सोही स्थानका ३२ वर्षीय लक्ष्मण गुप्ता र मधुवनी बेनिपट्टि थाना लदौत-६ का ४४ वर्षीय मो.मोतिउर रहमान रहेका छन् ।

यसैगरी पक्राउ पर्नेमा रौतहटको गौर-३ पोखरियाका ४१ वर्षीय मो.मोहिज धुनियाँ,  सोही स्थानका ५० वर्षीय बलराम क्षेत्री,  सर्लाहीको ब्रम्हपुरी-४ का ५२ वर्षीय सेख मो.सलिफ र

सोही स्थानका ४६ वर्षीय शेख अलि असगर रहेका छन् ।

लुटेरा समूहले विराटनगर महानगरपालिका-२ शनिहाटमा रहेको पन्चकन्या ट्रेड लिंकबाट साउन २३ गते सटर फोडेर ५ लाख ९५ हजार रुपैयाँ लुटेर लगेका थिए ।

यस्तै उनीहरुले विराटनगर शनिहाटमा रहेको गणनायक मार्केटिङ हाउसबाट साउन २३ गते नै ४ लाख रुपैयाँ लुटेर लगेका थिए ।

यस्तै विराटनगर महानगरपालिका-७ को कदमाह कृषि सहकारी संस्था लिमिटेडबाट उनीहरुले भदौ १ गते सटर फोडेर ४ लाख ९५ हजार रुपैयाँ लुटेर लगेका थिए ।

यस्तै भवानी ईन्टरप्राईजेजको सटर फोडेर उनीहरुले भदौ १० गते ६ लाख रुपैयाँ लुटेर लगेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट डकैत गर्न प्रयोग गरिएका विभिन्न सामाग्रीहरु बरामद गरेको प्रहरीले जनाएको छ ।

डकैती गर्ने उदेश्यका साथ भदौ ९ गने विहान जोगबनी नाकाबाट उनीहरु नेपाल प्रवेश गरेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment