 
																			१३ भदौ, काठमाडौं । अब ठूला होटेलले आफ्नो मेनुमा नेपाली परिकार अनिवार्य राख्नुपर्ने भएको छ । सरकारले खासगरी चारतारे र पाँचतारे होटेलका लागि यस्तो नयाँ मापदण्ड तोक्न लागेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो वार्षिक कार्ययोजनामा १५ दिनभित्र नयाँ मापदण्ड तोक्ने प्रतिबद्धता गरेका थिए । उनले भनेका थिए, ‘नेपाली मौलिक खानाहरुको प्रचारप्रसार गर्न हरेक चारतारे र पाँचतारे होटेलले नेपाली खानाको छुट्टै स्थल हुनुपर्ने गरी होटेल मापदण्ड तोक्ने ।’
मन्त्रीले यसका लागि १५ दिनको समय तोकेको छन् । मन्त्रालयले यसको व्यवस्था गर्ने भएको छ । नेपालमा १५ वटा पाँचतारे होटेल स्थापना भइसकेका छन् । अहिले तारे होटेलहरुमा इटाली, फ्रान्स, टर्की, चिनियाँ, भारतीय, थाइ, मलेसियन, जापानिज, कोरियन खानाको बढी चल्ती रहेको छ । नेपाली परिकार भने क्रमशः लोप हुने क्रममा छ ।
 नेपाली परिकारको अन्तर्राष्ट्रियकरणका लागि पनि सरकारले पहल गर्ने भएको छ । प्रवद्र्धनका हरेक गतिविधिमा परिकार अनिवार्य गर्ने र बुकलेट प्रकाशन गरी त्यसमा खानालाई समावेश गर्ने योजना मन्त्रालयको छ । यसको जिममेवारी नेपाल पर्यटन बोर्डलाई दिइएको छ । आगामी तीन महिनाभित्र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा नेपाली परिकारलाई समेत समावेश गरी प्रवद्र्धनको योजना बनाइएको छ ।
नेपाली परिकारको अन्तर्राष्ट्रियकरणका लागि पनि सरकारले पहल गर्ने भएको छ । प्रवद्र्धनका हरेक गतिविधिमा परिकार अनिवार्य गर्ने र बुकलेट प्रकाशन गरी त्यसमा खानालाई समावेश गर्ने योजना मन्त्रालयको छ । यसको जिममेवारी नेपाल पर्यटन बोर्डलाई दिइएको छ । आगामी तीन महिनाभित्र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनका हरेक गतिविधिमा नेपाली परिकारलाई समेत समावेश गरी प्रवद्र्धनको योजना बनाइएको छ ।
त्यसो त होटेल संघ नेपाल र सेफ एशोसिएशन नेपालको पहलमा यसअघि देशभरबाट करीब २ सय रैथाने खाना छनोट गरी ‘कुकबुक’ सार्वजनिक गरिएको छ । यसमध्ये २८ रैथाने खानालाई अन्तर्राष्ट्रिय प्रवद्र्धनमा लैजाने प्रतिवद्धता सरकार, निजी क्षेत्र र पर्यटन बोर्डले गरिसकेका छन् ।
ती परिकारलाई नै पाँचतारे होटेलको मेनुमा समेट्ने सहमति भएको होटेल संघ नेपाल (हान)का कार्यसमिति सदस्य युवराज श्रेठले जानकारी दिए । ‘रैथाने खानाको प्रवद्र्धन अपरिहार्य छ,’ उनले भने, ‘तर, ठूला होटेलबाट स्वैच्छिक रुपमा नेपाली खाना प्रवर्द्धनमा पहल नभएपछि अनिवार्य गर्न लागिएको हो ।’
सरकारले मापदण्ड नै तोक्दा लागू गर्न सजिलो हुने भएकाले मन्त्री भट्टराईले हानसँगको सहकार्यमै यो नीति आफ्नो कार्ययोजनामा समेटेका हुन् ।
हानले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा समेटेका रैथाने परिकारको केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परीक्षणसमेत गराइएको थियो । त्यसबाट प्रोटिन, न्युट्रिसनजस्ता तत्वको प्रमाणित पत्र प्राप्त गरी प्रवद्र्धनका लागि छनोट गरिएको हो । छनोट गर्दा मौलिक नेपाली परिकारलाई प्राथमिकता दिइएको छ ।
देशभरका विभिन्न जातजातिले मौलिक रूपमा पकाउने रैथाने परिकारलाई छनोट गरी त्यसबाट उत्कृष्ट परिकार छनोट गरिएको थियो । रैथाने खाना छनोट गरी त्यसलाई विदेशस्थित नेपाली रेष्टुरेन्ट र नेपालका ठूला होटेलबाट प्रवद्र्धन गर्ने गरी एक वर्ष अगाडि नै अभियान चलाइएको थियो । तर, ठूला होटेलले चासो नदिएपछि मापदण्ड नै तोकेर अनिवार्य गर्न लागिएको हो ।
रैथाने परिकारमा के–के छन् ?
सुप : क्वाँटी, सिस्नोको झोल, फाँडो, ज्वानोको झोल, पंचका (आलुतामा बोडीको झोल)
खाजा : चुक, सखरखण्ड, ताजा सागपातको सलाद, चुकौनी, टिमुरे आलु, फूलौरा
मुख्य खाना : सेकुवा, तरुवा, पकुवा, छोयला, साँधेको, उसिनेको, मम, चटामरी, ढुंग्रे रोटी, बारा, जोगिभात, दालभात, हिमाली ढिँडो
डेजर्ट : योमरी, सिकर्नी, दहीफल, खिर, ठेकुवा
 
                









 
                     
                                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4