Comments Add Comment

‘मारुनी’ हेरेपछि दर्शकले के भने ?

आजबाट देशभरका हलमा रिलिज भएको चलचित्र ‘मारुनी’लाई दर्शकले राम्रो भनेका छन् । विशेषगरि, चलचित्रको क्लाइमेक्सलाई दर्शकले रुचाएका छन् । यस्तै, यसको कथावस्तु र कलाकारको अभिनय पनि मन परेको दर्शकको प्रतिक्रिया छ ।

काठमाण्डौको बीग मुभिजमा चलचित्र हेर्न पुगेका दर्शकले नायक पुष्प खड्का, नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह लगायतको काम मन परेको बताए । सस्पेन्स कथावस्तु, उत्कृष्ट क्लाइमेक्सका कारण चलचित्र राम्रो बनेको उनीहरुको भनाई थियो ।

यस्तै, चलचित्रका निर्देशक नवल नेपालले पनि दर्शकको प्रतिक्रियाले उत्साहित बनाएको भन्दै बाँकी वर्ड अफ माउथमा भर पर्ने बताए । उनले भने–‘ठूलो विदेशी चलचित्रका कारण सुरुवातमा हामीले कम शो पाएका छौ । तर, दर्शकले चलचित्र हेरिसकेपछि गर्ने प्रचार नै ठूलो हो । त्यसले हामीलाई चलचित्र लामो समय जानेमा आशा छ ।’

पूनम इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रलाई पूनम गौतमले निर्माण गरेकी हुन् । चलचित्रको सुरुवाती व्यापार औषत छ । तर, वर्ड अफ माउथ राम्रो रहेकाले दर्शक बढ्नेमा निर्माणपक्ष विश्वस्त देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment