+
+
Shares

कांग्रेसले भन्यो- इनरुवाका लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गर

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १४ गते ९:५९

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

कांग्रेसबाट निर्वाचित मेहता नेकपामा प्रवेश गरेको भन्दै कांग्रेसले उनको पद रिक्त गरिदिन सम्बन्धित निकायमा अनुरोध गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम लक्ष्मी मेहताको पद रिक्त हुनुपर्ने शुक्रबारको केन्द्रीय समिति बैठकले ठहर गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मेहताले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी २०७६/०३/१७ गते राजीनामा दिएको र नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको २०७६/०५/०२ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको पौडेलले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?