Comments Add Comment

कांग्रेसले भन्यो- इनरुवाका लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गर

१४ भदौ, काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको इनरुवा नगरपालिका वडा नं. २ को वडा सदस्य लक्ष्मी मेहताको वडा सदस्य पद रिक्त गरिदिन निर्वाचन आयोग र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई आग्रह गरेको छ ।

कांग्रेसबाट निर्वाचित मेहता नेकपामा प्रवेश गरेको भन्दै कांग्रेसले उनको पद रिक्त गरिदिन सम्बन्धित निकायमा अनुरोध गरेको हो ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३१ तथा अन्य प्रचलित नेपाल कानून बमोजिम लक्ष्मी मेहताको पद रिक्त हुनुपर्ने शुक्रबारको केन्द्रीय समिति बैठकले ठहर गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

मेहताले नेपाली कांग्रेस पार्टीको साधारण सदस्यसमेत नरहने गरी २०७६/०३/१७ गते राजीनामा दिएको र नेपाली कांग्रेस सुनसरी जिल्ला कार्यसमितिको २०७६/०५/०२ गतेको बैठकले उक्त राजीनामा स्वीकृत गरेको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment