Comments Add Comment

बैंकको साइबर सुरक्षा नाजुक, ३३०० इमेल पासवर्डसहित डाउनलोड हुने अवस्थामा

अब मुद्दामा घरबाटै बहस, एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

१६ भदौ, काठमाडौं । एटीएम प्रणाली ह्याक गरी चिनियाँ नागरिकले गरेको रकम चोरी र गरीबलाई अतिचार गरी ऋणमा डुबाउने श्याम परदेशी पक्राउको विषय आजका दैनिक पत्रिकाहरूको पहिलो प्राथमिकतामा परेको छ ।

अन्नपूर्णले भाइरसद्वारा सिस्टम ह्याक गरी चिनियाँ ह्याकरले लाखौं रकम चोरी गरेको लेखेको छ । ह्याकरले नेपाल प्रवेश गरेको दुई दिनभित्रै एटीएम ह्याक गरी साढे ३ करोड रुपैयाँ चोरी गरेका उसकाे दाबी छ ।

प्रहरीले शनिबार ५ एटीएम ह्याकमा संलग्न ५ चिनियाँ पक्राउ गरेसँगै बैंकमा रहेको सर्वसाधारण जनताको रकमको सुरक्षाबारे प्रश्न उठेको छ । अन्नपूर्णले पनि आज यो प्रश्नको जवाफ खोज्ने प्रयास गरेको छ । उसले बैंकिङ सुरक्षाबारे जानकारहरूसँग राखेको जिज्ञासामा एटीएम सिस्टममा मात्र आक्रमण भएकाले सर्वसाधारणको निक्षेप सुरक्षित रहेको प्रतिक्रिया उनीहरुले दिएका छन् ।

बैंकको साइबर सुरक्षा नाजुक रहेको निष्कर्ष कान्तिपुरको छ । एक अध्ययनको हवाला दिँदै कान्तिपुरले बैंकको साइबर सुरक्षा नाजुक रहेको निष्कर्ष निकालेको हो ।

कान्तिपुर रिपोर्टअनुसार, साइबर सुरक्षाबारे काम गर्ने नेपाली कम्पनी थ्रेटनिक्सले बैंकको साइबर सुरक्षाबारे अध्ययन गरेकाे थियाे । याे क्रममा बैंक तथा वित्तीय संस्थाका कर्मचारीले प्रयोग गरिरहेका करिब ३३ सयवटा इमेल तिनको पासवर्डसहित डाउनलोड गर्न मिल्ने अवस्थामा रहेकाे भेटिएका छन् ।

प्रतिवेदन तयार गर्ने क्रममा गरिएको अध्ययनमा डाउनलोड गर्न मिल्ने अवस्थामा ८ हजार ३ सय ७८ डट एनपी डोमेनमा दर्ता भएका इमेल विश्लेषण गरिएको थियो । समाचार लेखिएअनुसार यी सबै इमले पासवर्डसमेत डाउनलोड गर्न मिल्ने अवस्थामा थिए । यीमध्ये ३३ सय इमेल नेपालका विभिन्न बैंकको भएको प्रतिवेदनमा उल्लेख छ ।

कम्पनीले सन् २०१८ भरि नेपालको साइबर सुरक्षाको अवस्था समेटेर तयार पारेको प्रतिवेदनमा बैंकिङ प्रणाली बलियो बनाउनुपर्ने आवश्यकता औंल्याइएको समाचारमा उल्लेख छ  ।

सन् २०१८ मै थ्रेटनिक्सको अर्को प्रतिवेदन पनि सार्वजनिक भएको थियो । नेपाललका बैंक तथा भुक्तानी सेवा प्रदायकको प्रणाली वेब एप्लिकेसन्सबारेको अध्ययनपछि सार्वजनिक प्रतिवेदनले वेब एप्लिकेसन्सहरु पनि सुरक्षाको हिसाबले निकै कमजोर रहेको देखाएको छ ।

अब मुद्दामा घरबाटै बहस

सर्वोच्च अदालतले भिडियो र टेलिफोनमार्फत घरबाटै बहस गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।

अन्नपूर्ण समाचारमा लेखिएअनुसार कानून व्यवसायीले मुद्दा स्थगन गर्ने क्रम बढेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले यो प्रविधिको विकासमा चासो दिएका छन् ।

अप्ठ्यारो परिस्थितमा एक मुद्दामा दुईपटक पेसी स्थगन गर्ने सुविधा छ । यसलाई आधार बनाएर अत्यधिक मुद्दा रोक्ने क्रम बढेपछि सर्वोच्चले नयाँ विकल्प खोजेको हो ।

अन्नपूर्णका अनुसार घरबाटै बहस गराउने विषयमा सम्भाव्यता खोजी गर्न प्रधानन्यायाधीश राणाले चाँडै आईटी विज्ञसहितको समिति गठन गर्ने भएका छन् । सर्वोच्चमा प्रयोग र परीक्षणपछि समीक्षा गरेर उच्च र जिल्ला अदालतमा पनि क्रमशः लागू गर्ने योजना छ ।

विकसित देशमा यस्तो अभ्यास भए पनि नेपालका सन्दर्भमा यो नौलो प्रयोग हो ।

एयरबस प्रतिवेदन ४ महिनादेखि गुपचुप

दुई वाइडबडी र दुई न्यारोबडी एयरबस विमान खखरिद प्रक्रियामा त्रुटि औंल्याएर सांसद्हरुले तयार गरेको प्रतिवेदन प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ४ महिनादेखि गुपचुप राखेको कान्तिपुरले लेखेको छ ।

नेपाल वायु सेवा निगमले करिब ३५ अर्ब रुपैयाँमा किनेका ती विमानको विनाआधार मूल्यवृद्धि गरिएको र खरिद प्रक्रियामा त्रुटि गरेर राज्यलाई घाटा पारेको निष्कर्ष समेटिएको प्रतिवेदन समितिले सार्वजनिक गर्न नसकेको हो ।

निगमले १ वर्षअघि युरोपको एयरबस कम्पनीबाट वाइडबडी र ०७२ मा न्यारोबडी खरिद गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment