
१६ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम र महासचिव विष्णु पौडेल सिंगापुर जाने भएका छन् ।
दुबै नेता सिंगापुरमा उपचाररत पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न त्यसतर्फ जान लागेका हुन् । भोलि १ बजे सिंगापुरतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
ओली शुक्रबार स्वदेश फर्किने कार्यक्रम छ । त्यसअघि प्लाज्मा फेरेसिक प्रक्रियाबाट शरीरमा रहेको एन्टीबडी घाटाउने अन्तिम उपचार हुँदैछ । यो उपचारअघि ओलीलाई भेट्ने र सँगै फर्किने योजनाका साथ दुबै नेता सिंगापुर जान लागेको नेकपा स्रोतले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4