+
+
Shares

१८ स्थानीय तहमा अझै पुगेनन् वाणिज्य बैंक

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते ११:३१

१७ भदौं, काठमाडौं । नेपाल सरकारको योजना अनुरुप गत आर्थिक वर्ष अगावै सबै स्थानीय तहहरुमा वाणिज्य बैंक खोल्ने योजना भए पनि अझै डेढ दर्जन बैंकमा शाखा पुग्न सकेका छैनन् ।

नेपाल राष्ट्र बैंकका अनुसार कुल ७५३ स्थानीय तहमध्ये २०७६ असारसम्म ७३५ तहमामत्रै वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन् ।

बाँकी १८ स्थानीय तहहरुमा भने वाणिज्य बैंकका शाखा पुग्न नसकेको राष्ट्र बैंकले बताएको छ । भौगोलिक विकटाका कारण ती स्थानीय तहहरुमा तत्कालै शाखा खोल्न समस्या रहेको राष्ट्र बैंकको दावी छ ।

बैंक तथा वित्तीय संस्थाहरुको संख्या भने बढेको छ । राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७५ असार मसान्तमा १५१ रहेकोमा २०७६ असार मसान्तमा १७१ पुगेको छ ।

यस अनुसार २०७६ असार मसान्तमा २८ वाणिज्य बैंक, २९ विकास बैंक, २३ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन्।

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७५ असार मसान्तमा ६६५१ रहेकोमा २०७६ असार मसान्तमा ८६८६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?