+
+
Shares

फिलिपिन्समा फिजासँग रोमान्टिक यशराज

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १७ गते ११:४२

चलचित्र ‘लभ यू हमेशा’को प्रदर्शन मिति फेरि पनि सरेको छ । यो चलचित्र अब कात्तिकको २२ गतेबाट रिलिज हुने भएको छ । चलचित्रमा समावेश शिर्ष गीत पनि सार्वजनिक गरिएको छ । यो चलचित्र कात्तिकको १५ गतेबाट भने भारतमा रिलिज हुने बताइएको छ ।

चलचित्रको शिर्ष गीतमा नायक यशराज र कलाकार फिजा योन्जलाई फिचरिङ गरिएको छ । चलचित्रको शिर्ष गीतको छायांकन फिलिपिन्समा गरिएको हो । प्रताप दास र श्रेया सोताङको आवाज रहेको गीतमा भासुको शब्द तथा संगीत छ । रामजी लामिछानेले भिडियोको कोरियोग्राफी गरेका छन् ।

धर्मा क्रियशनको ब्यानरमा यवन गुरुङको निर्माण र मिलन गुरुङको सह–निर्माणमा तयार भएको चलचित्रलाई भारतको कालेबुङ, सिलगुडी, काठमाण्डौ र फिलिपिन्समा खिचिएको हो । चलचित्रमा ऋचा थापा, गोपाल ढकाल, करुणा श्रेष्ठ, निराजन मेहता, पीटी योल्मा, प्रमिला राई, सल्देन तामाङलगायतका कलाकारले अभिनय गरेका छन् ।

शिब ढकालले खिचेको चलचित्रको गीतमा भासुको संगीत, कमल राई र रामजी लामीछानेको कोरियोग्राफी र एनबी महर्जनको एक्सन छ । त्रिकोणात्मक प्रेमकथामा यो चलचित्र निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?