Comments Add Comment

राम कपुर भन्छन्–‘९० प्रतिशत कलाकारको जिन्दगी अडिसन दिएरै सकिन्छ’

टेलिभिजन दुनियाँमा कलाकार राम कपुर चर्चित छन् । केही हिट सिरियलमा काम गरेका उनले टेलिभिजनमा राम्रै दबदबा कायम गरे । उनै, राम कपुरले एक मिडियासँग कुरा गर्दै ९० प्रतिशत नयाँ कलाकारले काम नपाउने बताएका छन् ।

उनले आफ्नो करिअरको संघर्ष संझदै भने–‘करिअरको सुरुवाती ५–७ बर्ष धेरै कलाकारले जस्तै मैले पनि संघर्ष गरेँ । एउटा समय यस्तो थियो कि, ६ महिनासम्म मसँग काम थिएनँ । तर, मैले समय र परिस्थितीलाई वुझेँ र अगाडि बढेँ ।’
उनले पैसा भन्दा कामलाई बढी महत्व दिएको समेत बताए । आफ्नो फोकस पैसामा मात्र भएको भए टीभीमा काम गर्ने उनको भनाई छ ।

टीभीबाट पाएको स्टारडम मिस गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने–‘म साहरुख र सलमान खान होइन । तर, म एउटा स्तरमा पुगिसकेको छु । मलाई देशभरका मानिसहरुले चिन्छन् । कुनै कलाकारले आफ्नो काम गर्ने तरिका फेरेपनि उसको प्रख्याती उस्तै रहन्छ ।’

आफूले जे काम गरेपनि आफ्ना फ्यानले राम कपुर नै भनेर चिन्ने उनको दाबी छ । उनले, अहिले भारतमा नयाँ अनुहारलाई काम पाउन निकै नै समस्या भैसकेको बताएका छन् । ९० प्रतिशत कलाकारले अडिसन दिएरै घुम्ने गरेको बताउँदै उनले २ प्रतिशतले मात्र सफलता पाएको सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment