Comments Add Comment

कानागावा नेपाली कम्युनिटीको अध्यक्षमा सापकोटा चयन

जापानमा रहेका नेपालीहरुको संस्था कानागावा नेपाली कम्युनिटीको अध्यक्षमा पुन हरि सापकोटा चयन भएका छन् । आइतबार आयोजित तीज विशेष कार्यक्रमका अवसरमा नयाँ कार्यसमिति पनि घोषणा गरिएको हो ।

कार्यसमितिको उपाध्यक्षमा मनिष अमात्य, ध्रुवकुमार थापा र सिद्धार्थ श्रेष्ठ सचिवमा यमकान्त कँडेल, सहसचिवमा प्रेमप्रसाद कँडेल र टीकाराम कँडेल, कोषाध्यक्षमा गणेशजंग राणा र सहकोषाध्यक्षमा जस्मिन जोशी कर्मचार्य चयन भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि जिज्ञानकुमार थापाले कनागावा नेपाली कम्युनिटीको जापानीसँग पनि राम्रो सम्बन्ध रहेकाले अरु नेपाली संस्था भन्दा फरक पहिचान रहेको बताए । तीजका अवसरमा कानागावा नेपाली कम्युनिटीले योकोहामाको निसिचिकु सेन्टरमा आयोजना गरेको कार्यक्रममा नेपालीसँगै जापानीहरु पनि सहभागी भएका थिए ।

कार्यक्रममा कलाकार भावना आचार्य, सूर्य खड्का, अमित सापकोटा, खेमराज पौडेलले तीज गीत प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment