Comments Add Comment

कोहलीलाई उछिन्दै स्मिथ शीर्ष स्थानमा

१७ भदौ, काठमाडौं । टेष्ट क्रिकेटको वरीयतामा भारतीय कप्तान विराट कोहलीलाई पछि पार्दै अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमा उक्लिएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मंगलबार सार्वजनिक गरेको विश्व वरीयतामा स्मिथ शीर्ष स्थानमा उक्लिएका हुन् । यसअघि भारतीय ब्याट्सम्यान विराट कोहली शीर्ष स्थानमा रहँदै आएका थिए ।

स्मिथले ९०४ रेटिङ अंक प्राप्त गर्दै शीर्ष स्थानमा रहँदा कोहली भने ९०३ अंक प्राप्त गर्दै दोस्रो स्थानमा छन् । त्यस्तै, बरियताको तेस्रो स्थानमा न्युजिल्यान्डका कप्तान केन विलियम्सन रहेका छन् ।

चौथो नम्बरमा भारतीय खेलाडी चेतेश्वर पुजरा रहँदा पाँचै स्थानमा भने न्युजिल्यान्डका हेनरी निकोलस रहेका छन् ।

टेष्ट क्रिकेटको बलिङमा शीर्ष स्थानमा अष्ट्रेलियाका पट कुम्मिन्स रहँदा अलराउण्डरतर्फ भने वेष्ट इन्डिजका ज्यासन होल्डर छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment