Comments Add Comment

धादिङमा जीप दुर्घटना, १० जना घाइते

१७ भदौ, काठमाडौं । धादिङमा जीप दुर्घटना भएको छ । सदरमुकाम धादिङ्गबेशीबाट खाल्टेतर्फ जाँदै गरेको ग१ज ६०६१ नम्बरको जीप कमेरे भन्ने ठाउँमा दुर्घटना हुँदा १० जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मंगलबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइते २ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । अन्य ८ जनाको धादिङ् जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता डीएसपी रुपक खड्काले जानकारी दिए ।

चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment