Comments Add Comment

८ लाख अवैध भारुसहित वीरगञ्जबाट २ जना पक्राउ

१७ भदौ, वीरगञ्ज । सशस्त्र प्रहरीले वीरगञ्जबाट ८ लाख अवैध भारतीय रुपैयाँसहित २ जनालाई मंगलबार पक्राउ गरेको छ ।

वीरगञ्ज महानगरपालिका वडा-६ महाविरस्थान बस्ने ३९ वर्षीय अभिषेक सर्राफ र वीरगञ्ज–१० आदर्शनगर बस्ने ३३ वर्षीय बिष्णु श्रेष्ठ पक्राउ परेका हुन् ।

सशस्त्रको राजश्व तथा भन्सार सुरक्षा गस्ती टोलीले उनीहरुको साथबाट ८ लाख ८ हजार २ सय ७२ रुपैयाँ अवैध भारतीय रुपैयाँ बरामद गरेको थियो ।

ना ९ प १४८ नम्बरको मोटरसाईकलमा भारतबाट नेपाल आउँदै गर्दा शरीर र हेल्मेटमा भारतीय रुपैयाँ लुकाएर ल्याउँदै गरेको अवस्थामा उनीहरु पक्राउ परेको सशस्त्र प्रहरी निरीक्षक उमेश कुमार कार्कीले बताए ।

रकम र मोटरसाईकल सहित उनीहरुलाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment