+
+
Shares

चिनियाँ विदेशमन्त्री आइतबार काठमाडौं आउने

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ १८ गते १८:०१

१८ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यी दुई दिने भ्रमणका क्रममा आगामी आइतबार काठमाडौं आउने भएका छन् ।

यद्यपी परराष्ट्र मन्त्रालयले चिनिया विदेशमन्त्रीको भ्रमणबारे औपचारिक पुष्टि भने गरेको छैन ।

चिनिया विदेशमन्त्रीको अचानक आगमन राष्ट्रपति सी जिनपिङको सम्भावित नेपाल भ्रमणको तयारीका लागि भएको स्रोतले जनाएको छ ।

आगामी असोज अन्तिम साता भारत भ्रमणमा निस्कन लागेका सी सोही क्रममा नेपाल आउने सम्भावना छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको निमन्त्रणमा आउन लागेका चीनिया विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नेछन् । दुवै देशका मन्त्रीबीच द्धिपक्षीय एजेण्डामा छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?