Comments Add Comment

पूर्वसभासद डीबी कार्की पक्राउ

१९ भदौ, काठमाडौं । भ्रष्टाचार मुद्दामा दोषी ठहर पूर्वसभासद डोलबहादुर (डीबी) कार्कीलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । पहिलो संविधानसभाका सभासद कार्कीलाई प्रहरीले सुकेधारा क्षेत्रबाट पक्राउ गरेको हो ।

उनलाई जिल्ला अदालतमा पेससमेत गरिएको नेपाल प्रहरीका सहायक प्रवक्ता उमेशराज जोशीले जानकारी दिए ।

सभासद हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) बनाइदिन्छु भन्दै बिभिन्न व्यक्तिहरुबाट पैसा असुलीरहेको बेला भिमसेनगोलास्थित घरबाटै रंगेहात पक्राउ परेका उनलाई २०६७ सालमा विशेष अदालत र सर्वोच्च अदालतले दोषी ठहर गरेका थिए ।

तत्कालीन गृहमन्त्री भीम रावलको पालामा नेपाल प्रहरीले ८० जना इन्सपेक्टरको भर्ना खोलेको थियो ।

विशेष अदालतले ६ महिना कैद र १ लाख जरिवाना हुने फैसला गरे पनि उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । तर, सर्वोच्चका न्यायाधीशद्वय दीपक कुमार कार्की र कुमार रेग्मीको संयुक्त इजलासले पनि विशेष अदालतकै फैसलालाई सदर गरेको थियो ।

पहिलो संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेका कार्कीलाई उनका सहयोगी स्वामी ब्रम्हानन्दसहित अख्तियारको टोलीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment