Comments Add Comment

फ्रेन्च निर्देशकले लगाए साहोलाई चोरीको आरोप

प्रभास र श्रद्धा कपुर अभिनित फिल्म ‘साहो’ ले उत्कृष्ट समीक्षा नपाए पनि यसले बक्स अफिसमा भने उत्कृष्ट व्यवसाय गरिरहेको छ । पहिलो विकेण्डमै फिल्मले उत्कृष्ट आम्दानी गरेको छ यसको हिन्दी संस्करणले अघिल्ला चार दिनमा ९३ करोड भारतीय रुपैयाँको व्यापार गरिसकेको छ ।

तर, केही समय अघिमात्र अभिनेता प्रभासको पछिल्लो फिल्म ‘साहो’ लाई अभिनेत्री लीजा रेले आर्ट वर्क चोरी गरेको आरोप लगाएकी थिइन् । अहिले आएर एक फ्रेन्च निर्देशक जेरोमी सल्लेले साहोका निर्माता-निर्देशकले आफ्नो फिल्मको नक्कल गरेको आरोप लगाएका छन् । उनको भनाइ छ, ‘भारतको साहो भन्ने फिल्ममा ‘लार्गो विन्च’ शीर्षकको मेरो फिल्मको नक्कल गरिएको छ ।’

फिल्म हेरेपछि थुप्रै दर्शकहरुले  निर्देशक सल्लेलाई ट्वीटमार्फत ‘साहो’ र उनको फिल्मबीच थुप्रै समानता भएको बताएका थिए । उक्त कुरा सुनेपछि हालै मात्र फ्रेन्च निर्देशकको प्रतिक्रिया आएको छ । लार्गो विन्चका निर्देशकले ट्वीट गर्दै भनेका छन्, ‘यस्तो लाग्दैछ, निःशुल्क बनाइएको लार्गो विन्चको दोस्रो फिल्म पहिलो जत्तिकै खराब छ । त्यसैले कृपया तेलुगू निर्देशकहरु, यदि तपाईंहरु मेरो काम नक्कल गरिरहनु भएको छ भने कम्तिमा त्यसलाई ढंग पुर्‍याएर त गर्नू ?’

त्यसो त निर्देशक सल्लेले तेलुगू चलचित्रका निर्माता-निर्देशकहरुलाई आफ्नो फिल्मको नक्कल गरेको आरोप पहिलो पटक मात्र लगाएका होइनन् । अघिल्लो वर्ष पनि निर्देशक त्रिविक्रम श्रीनिवासको फिल्म ‘अग्नयातवासी’ माथि पनि फिल्मको प्लट नै नक्कल गरिएको आरोप लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment