Comments Add Comment

चरिमायाको नेतृत्वमा बेचबिखन प्रभावितहरुको राष्ट्रिय सञ्जाल घोषणा

१९ भदौ, काठमाडौं । बेचबिखन प्रभावितहरुको चौथो राष्ट्रिय भेला चरिमाया तामाङको नेतृत्वमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय सञ्जाल घोषणा गर्दै शुक्रबार सम्पन्न भएको छ । सातै प्रदेशका बेचबिखन प्रभावितहरुको सहभागिता रहेको सम्मेलनले १७ सदस्यीय कार्य समिति समेत चयन गरेको छ ।

बेचबिखन प्रभावितहरुको राष्ट्रिय सन्जालले प्रदेशस्तरीय सन्जालहरु पनि गठन गर्दै जाने भेलाले निर्णय गरेको छ । मानव बेचबिखनबाट प्रभावितहरु आफैंले गठन गरेको यो पहिलो राष्ट्रिय सन्जाल हो । यसअघि बेचबिखन विरुद्ध काम गर्ने संघ संस्थाहरुकोमात्र सञ्जाल थियो ।

अब बेचबिखन प्रभावित व्यक्तिहरु आफैं संगठित भएर राष्ट्रिय, प्रदेश,जिल्ला र स्थानीय तहस्तरका सञ्जालहरुमार्फत काम गर्ने घोषणा चौथो राष्ट्रिय भेलाले गरेको छ । यो सञ्जालले बेचबिखन प्रभावित महिला, बालवालिकाहरुको मानव अधिकारको पक्षलाई मुख्य एजेण्डा बनाउनेछ ।

विशेष गरि बेचबिखन प्रभावितहरुको राष्ट्रिय सञ्जालले कानुनी पैरवी, पुनर्स्थापना लबिङ र स्थनीय सरकारमा पहुँचको कुरालाई मुख्य विषयबस्तु बनाउनेछ । यसका साथै बेचबिखनमा परेकाहरुको उद्दार तथा स्वदेश फिर्तीका लागि राज्यलाई मुख्य पहलकर्ताको रुपमा दबाब दिनेछ ।

बेचबिखन प्रभावित व्यक्तिहरुको पहिलो राष्ट्रिय सञ्जालको केन्द्रीय सचिवालय शक्ति समूहमा रहने भेलाले घोषणा गरेको छ । शक्ति समूह बेचबिखन प्रभावितहरुमात्रले सन्चालन गरेको विश्वकै पहिलो संस्था हो ।

बेचबिखन प्रभावितहरुको राष्ट्रय सञ्जालकी अध्यक्ष चरिमाया तामाङ शक्ति समूहकी संस्थापक समेत हुन् । २०५६ सालमा भारतबाट उद्दार भएर नेपाल आएदेखि उनी निरन्तर बेचबिखन विरुद्धको अभियानमा छिन् । चरिमायालाई बेचबिखन विरुको अभियानमा उत्कृष्ट काम गरे बापत अमेरिकी विदेशमन्त्रालयले टिप हिरोको सम्मान समेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment