+
+

समयमा काम नसक्ने एडीबी लगानीका आधा दर्जन आयोजना अन्यौलमा

अच्युत पुरी अच्युत पुरी
२०७६ भदौ १९ गते २०:१३

१९ भदौ, काठमाडौं । एसियाली विकास बैंक (एडीबी)को लगानीमा अगाडि बढेका करीव आधा दर्जन आयोजना समयमै पूरा हुन नसकेपछि अन्यौलमा परेको हो ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि साना किसानको क्षमता अभिवृद्धिसम्मका आयोजनाको सम्झौता नवीकरण हुन सकेको छैन । बैंकले बिहीबार सार्वजनिक गरेको सूचीअनुसार ५ वटा आयोजनाको सम्झौता नवीकरण हुन सकेको छैन । एउटा आयोजनाको भने सम्झौता नवीकरण अगाडि बढेको छ ।

त्यसो त, एडीबीको लगानीका धेरै आयोजनाको प्रगति उत्साहजनक छैन । सडक तथा हवाइ, शहरी पूर्वाधार, शिक्षा, उर्जाजस्ता क्षेत्रका धेरै आयोजनाको कार्यान्वयनको गति सुस्त रहेको छ । आयोजना ढिलाइ हुनुमा ठेकदार परिचालन, परामर्शदाताको नियुक्ति, स्थानीय निर्माण सामग्रीको अभाव, स्थानीय अवरोध, ठेकेदारले समयमै काम काम सम्पन्न नगर्ने प्रवृत्तिजस्ता कारण औल्याइएको छ । सासेक हाइवे सुधार आयोजना र प्रकोप सहायता कार्यक्रममा पनि उल्लेख्य प्रगति नभएको बैंकले जानकारी दिएको छ ।

बैंकले बिहीबार सन् २०१९ को दोस्रो त्रिपक्षीय समीक्षा कार्यक्रम राजधानीमा सम्पन्न गरेको छ । एडीबीका पोर्टफोलियो म्यानेजमेन्ट युनिट प्रमुख रुदी भान डेलका अनुसार नेपालमा सञ्चालित अधिकांश आयोजनाले लक्ष्यअनुसार प्रगति हासिल गर्न सकेका छैनन् । नेपालमा एडीबीको सहायता रकम २ अर्ब ७० करोड अमेरिकी डलर बराबरको पुगेको छ । तर, समयमै काम नहुने र आयोजना अलपत्र पर्ने अवस्थाका कारण आधा रकम पनि भुक्तानी हुन सकेको छैन ।

अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख तथा सहसचिव श्रीकृष्ण नेपालले हरेक पटक उस्तै समस्या दोहोरिने तर त्यसबाट आएका सुझावलाई कार्यान्वयन नगर्ने पुरानै परिपाटी रहेको बताए । एडीबीका कन्ट्री निर्देशक मुख्तोर आमुदखानोभले आयोजनाको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तथा प्रदेशको क्षमता अभिवृद्धिमा जोड दिए ।

एडीबीका अनुसार सन् २०१९ मा मात्र थप ५ वटा आयोजना कार्यान्वयनको समय सकिँदैछ । त्यसमध्ये कतिपय आयोजना सन् २०१० बाटै शुरु भएका हुन् । तर, कार्यान्वयनमा भएको ढिलाइले पछाडि धकेलिएका हुन् । आर्थिक वर्ष २०१७÷१८ मा ७ वटा आयोजना सम्पन्न भए । ती आयोजना समेत अन्तिम थपिएको समयभन्दा ४ महिनादेखि १४ महिना पछि मात्र सम्पन्न हुन सकेका छन् ।

नवीकरण हुन नसकेका आयोजना

आयोजना स्वीकृत मिति कार्यान्वयन शुरु आयोजना सकिने मिति थपिएको मिति नवीकरण नभएको महिना
काठमाडौं दिगो शहरी यातायात परियोजना २२ जुलाई २०१० ५ जनवरी २०११ ३० जनवरी २०१५ ३१ डिसेम्बर २०१७ १९
आइसीटी विकास परियोजना २८ जनवरी २००८ २५ जुलाई २००८ ३१ डिसेम्बर २०१४ ३१ डिसेम्बर २०१८
हवाई यातायात क्षमता अभिवृद्धि आयोजना २३ नोभेम्बर २००९ ६ डिसेम्बर २०१० ३० जुन २०१५ ३१ डिसेम्बर २०१८
यातायात आयोजना पूर्वनिर्धारित सुविधा २९ अक्टोवर २०१८ २५ अपि्रल २०११ ३० जुन २०१६ ३१ डिसेम्बर २०१८
साना तथा मझौला कृषकको आम्दानी वृद्धि सम्बन्धी आयोजना २४ नोभेम्बर २०१० १४ जुन २०११ ३० जुन २०१८ ३० जुन २०१९
क्यापिटल मार्केट र पूर्वाधार क्षमता सहयोग परियोजना १९ अप्रिल २०११ ९ अगस्त २०११ ३० नोभेम्बर २०१४ ३१ जुलाई २०१९ समय थप गर्ने प्रक्रिया जारी

स्रोत : एसियाली विकास बैंक

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?