+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार

एसिड प्रहार गर्ने मियाँ पक्राउ

सुरेश बिडारी सुरेश बिडारी
२०७६ भदौ २० गते २०:०३

२० भदौ, वीरगञ्ज । वीरगञ्जमा स्कुले छात्रामाथि एसिड प्रहार भएको छ । रेशमकोठीस्थित त्रिभुवन हनुमान उच्च मावि कक्षा ९ मा अध्ययनरत वीरगञ्ज-१३ श्रीपुर निवासी रसुल अलीकी छोरी १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

शुक्रबार विहान करिव ६ बजेतिर दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा उनीमाथि एसिड प्रहार गरेका थिए । गल्लीमा रहेको एउटा सैलुनमा बसेका उनीहरुले खातुनलाई एसिड छ्यापेेर भागेको प्रत्यदर्शीले बताएका छन् ।

खातुन त्यो बाटो भएर विद्यालय जाने-आउने गर्थिन् । विद्यालय पोशाकमैै रहेको अवस्थामा उनीमाथि एसिड प्रहार भएको हो । एसिडले पोलेर उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए ।

उनको अनुहार, हात र शरीरको केही भाग एसिडले जलेको छ । नारायणी अस्पतालमा प्रारम्भिक उपचार गरेर  उनलाई काठमाडौं ल्याइएको छ र कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

उनको उपचारमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ ।मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट गम्भीर घाइते भएकी वीरगन्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

एसिड पिलाउन प्रयास असफल भएपछि प्रहार !

सम्साद मियाँले सुरूमा मुस्कानलाई सुरुमा पानी भनेर एसिड पिलाउने प्रयास भएको खुलेको छ । तर मुस्कानले पिउन नमानेपछि उनीहरुले मुस्कानलाई एसिड प्रहार गरेका थिए ।

प्लाष्टिकको जगमा एसिड लिएर बसेका उनीहरुले मुस्कानलाई आउ पानी खाउ भनेका रहेछन्, तर उनले ‘मलाई पानी खानु छैन तपाईँको पानी तपाईँ नै खानुस्’ भनी हिँड्न लाग्दा उनी माथि एसिड प्रहार गरेर उनीहरु भागेका रहेछन्,’ मुस्कानका ठूलोबुवा भुलन मियाँले बताए ।

घटनापछि नारायणी अस्पतालमा मुस्कानसँग आफ्नो कुराकानी भएको र उनले यसो बताएको उनले सुनाए ।

एक जना पक्राउ, एक जना फरार

सम्साद मियाँ

वीरगञ्ज-१३ श्रीपुर घर भएपनि खातुन अध्ययनका लागि वडा नं. ३ छपकैया स्थित मामा घरमा बस्दै आएकी थिइन् ।

घटनाबारे जानकारी पाएलगतै एसिड प्रहार गर्ने युवकको खोजी शुरु गरेको प्रहरीले घटनामा संलग्न एकजनालाई नियन्त्रणमा लिएको छ ।

एसिड प्रहारमा संलग्न मुख्य अभियुक्त वीरगञ्ज-२ छपकैया बस्ने १६ वर्षीय सम्साद मियाँलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए । आफूलाई प्रेम नगरेको भन्दै सम्सादले मुस्कानमाथि एसिड प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको डिएसपी शर्माले जानकारी दिए ।

उनका सहयोगी सोही ठाउँका १६ वर्षीय माजिद आलम भने फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?