+
+
Shares

एसिड प्रहारबाट घाइते किशोरीको उपचारमा प्रदेश सरकारको ५ लाख सहयोग

अनलाइनखबर अनलाइनखबर
२०७६ भदौ २० गते १९:५५

२० भदौ, जनकपुरधाम । एसिड प्रहारबाट गम्भीर घाइते भएकी बीरगंजकी छात्राको उपचारका लागि प्रदेश २ सरकारले ५ लाख रुपैयाँ सहयोग दिने भएको छ ।

मुख्यमन्त्री लालबाबु राउतले एसिड प्रहारबाट गम्भीर घाइते भएकी वीरगन्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान खातुनको उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेका छन् ।

प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुख्यमन्त्रीले ५ लाख रुपैयाँ रकम उपचारका लागि सहयोग गर्ने घोषणा गरेको जानकारी दिएका छन् । शुक्रबार बिहान विद्यालय जाने क्रममा खातुनमाथि एसिड आक्रमण भएको थियो ।

उनलाई तत्कालै नारायणी उपक्षेत्रीय अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका निम्ति काठमाडौं पठाइएको छ । यसअघि उनको उपचारका लागि सांसद प्रदीप यादवले तत्कालै ५० हजार उपलब्ध गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?