+
+
Shares

खल्तीको कर्मचारी भन्दै ठगी गर्ने ४ जना पक्राउ

मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १२:५८

१० कात्तिक, काठमाडौं । मोबाइल बैंकिङ सेवा खल्तीको कर्मचारी भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सुभमकुमार झा, अनिकेतकुमार यादव, पवनकुमार चौधरी र रिशी गंगा छन् ।

उनीहरूलाई जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो । उनीहरूले ‘म खल्तीको कर्मचारी हुँ । तपाईंको केवाईसी अपडेट गर्नुपर्ने रहेछ । नत्र वालेट बन्द हुन्छ । तपाईंको बैंक अकाउन्ट वालेटमा लिंक गरिदिन्छु । व्यावसायिक खातामा रकम प्राप्त हुँदा रकम प्राप्त भएको आवाज आउने ई–स्पिकर बनाईदिन्छु, फन्ड ट्रान्सफर गर्दा चार्ज नलाग्ने बनाईदिन्छु’ जस्ता प्रलोभन देखाउने गरेको प्रहरीले बताएको छ ।

यसरी फोन तथा ह्वाट्सएपमा अडियो, भिडियो कल गरी विश्वासमा पारी स्क्रीन शेयर गर्न लगाई ओटीपी कोड समेत लिई बैंक खातामा अनधिकृत पहुँच पुर्‍याएर ठगी गरेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?