+
+
Shares

मण्डलामा ‘भाग भेडा भाग’ मञ्चन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १० गते १३:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मण्डला थिएटरमा कार्तिक ११ गतेदेखि ‘भाग भेडा भाग’ नाटक मञ्चन हुने भएको छ।

१० कार्तिक, काठमाडौं । नाटक ‘भाग भेडा भाग’ मण्डला थिएटरमा मञ्चन हुँदैछ । भ्रष्टाचार तथा शक्तिको दुरुपयोगलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरिएको नाटक कार्तिक ११ गतेबाट मञ्चन हुन लागेको हो ।

संयोग गुरागाईंको लेखन तथा निर्देशन रहेको नाटकमा सन्तोष गिरीले सहायक निर्देशकको भूमिका निर्वाह गरेका छन् ।

गुरागाईंका अनुसार नाटकमा व्यवस्थालाई टिकाइराख्न झूट र छलको सहारा लिने शक्तिशाली पात्रको कथा प्रस्तुत गरिएको छ । मञ्चमा जनावरहरू मानिसजस्ता देखिन थाल्छन् भने मानिसहरू जनावरभन्दा पनि निकृष्ट लाग्न थाल्छन् ।

शीर्षकले जनावरकेन्द्रित कथाको सङ्केत गरे पनि ‘भाग भेडा भाग’ समकालीन समाज र प्रणालीको मुखुण्डो उघार्ने काल्पनिक व्यङ्ग्य रहेको निर्देशक गुरागाईं बताउँछन्।

नाटक कार्तिक २१ गतेसम्म मञ्चन हुनेछ । सोमबारबाहेक हरेक दिन साँझ ५: १५ बजे नाटक मञ्चन गरिनेछ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शो पनि हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?